अन्तिम चार मिनेट जोगिन नसक्दा बायर्नले अंक बाँड्यो

काठमाडौं । 

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा अग्सवर्गसँग १-१ गोलको बराबरी खेलेको छ ।

मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बायर्नले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । अघिल्ला चार खेलमा लगातार जित निकालेको बायर्न अग्सवर्गसँग भने रोकिएको हो ।

पहिलो हाफमा दुबै टिमले बराबरी खेलेका थिए । खेलको ४८औं मिनेटमा आर्जेन रोबिनले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

जित नजिक पुगेको बायर्न अन्तिम ४ मिनेट जोगिन नसक्दा रोकिएको हो । खेलको ८६औं मिनेटमा अग्सवर्गका फेलिक्स गोट्जेले गोल गर्दै १-१ को बराबरीमा पुर्‍याएका हुन् ।

२०७५ असोज १० मा प्रकाशित ।

Loading...