एउटा छोराका लागि न्याय माग्दै अनसनमा गंगामाया, अर्का छोरा ज्यान मुद्दामा पक्राउ

काठमाडौं । असनसनकै क्रममा मृत्यु भएका बाबुको शव नबुझी फरार रहेर लामो समयपछि प्रहरीले नियन्त्रणमा लिएर छाडेका गोरखा फुजेलका नुरप्रसाद अधिकारी पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरले नुरप्रसादलाई सोमबार पक्राउ गरेको हो । परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले अदालतबाट सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको बताए । उनीमाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको धानुकले जनाए ।

नुरप्रसादले आफूले समर्थन गरेको जग्गासम्बन्धी एक मुद्धामा हार भएको झोकमा आइतबार उच्च अदालत पाटनमा टोडफोड गर्नुक साथै कर्मचारीमाथि कुर्सीले आक्रमण गरेका थिए ।

२०७५ असोज ९ मा प्रकाशित ।

Loading...