आफैंमाथि गोली हानेर कुलप्रसादले गरे आत्महत्या

रोल्पा । 

रोल्पामा एक ५१ वर्षीय पुरुषले आफैंमाथि गोली प्रहार गरी आत्महत्या गरेका छन्।

जिल्लाको रुन्टीगडी गाउँपालिका वडा नं. ६ डुव्रिङ निवासी कुलप्रसाद विकले आफैंमाथि गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी प्रमुख दीपक खड्काले जानकारी दिए । प्रहरी प्रमुख खड्काका अनुसार विकले बिहान ८ बजेतिर आफ्नै घरभित्रै आफैमाथि गोली हानेका हुन् ।

घटना घटेको १ घण्टापछि आफन्तले प्रहरीलाई खबर गरेको डिएसपी खड्काले बताए । ‘मृतक विकले विगत केही दिन यता परिवारका सदस्यलाई ‘म मर्छु’ भन्दै तर्साउँदै आएको र सोमबार बिहान घरभित्रै भरुवा बन्दुकले हानेर आत्महत्या गरेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।

गोली हाने लगत्तै विकको घरभित्रै मृत्यु भएको बताइएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

२०७५ असोज ८ मा प्रकाशित ।

Loading...