चौथौ कंकेश्वरी अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सम्पन्न ( फोटो फिचर )

   आश्विन ८ , काठमाडौं । नेपाल एकायन कराँते संघ, कंकेश्वरी शाखाको आयोजनाम गत शनिवार चौथो कंकेश्वरी अन्तरविद्यालय एकायन कराँते प्रतियोगित सम्पन्न भएको छ ।

काठमाडौं १९ वडा मरुहिटी स्थित शान्ति निकुञ्ज मा.वि.को प्रांगणमा सञ्चालित सो प्रतियोगितमा काठमाडौंका विभिन्न विद्यालयका १२० जना विद्यार्थीहरुले भाग लिएका थिए ।

काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गीको प्रमुख आतिथ्यमा आयोजित सो प्रतियोगितमा महिला तथा पुरुषका विभिन्न तौल समुहका खेलाडीहरुविच प्रतिस्पर्धा भएको थियो ।

खोलको उत्घाटन गर्दै प्रमुख अतिथि उपमेयर खड्गीले खाेलाडीले अनुशासनका साथ उच्च शिक्षामा पनि त्यतिकै लगनशील हुनुपर्नेमा जोड दिनु भयो ।

प्रतिस्पर्धामा पुरुष २५ केजी समुह अन्तर्गत अनिज क्षेत्री प्रथम, न्हूस मानन्धर द्वितिया र भावुक सेढाई तृतिय भएका थिए । त्यसैगरी, ३० केजी समूह अन्तर्गत एलिशा राई प्रथम, रिजन पौडेल द्वितिय र कृष्ण भुसा तृतिय भएका थिए ।

३५ केजी समुह अन्तर्गत सोम घलेले प्रथम विजेता भएका थिए भने शिव बाबु पटेल द्वितिय र दिक्षाल मगरले तृतिय स्थान हासिल गरेका थिए ।

त्यसैगरी ४० केजी मुनी तौल समुह अन्तर्गत भएको प्रतिस्पर्धामा संजित धिताल प्रथम, सन्नी घिसिङ द्वितिय र अनिष भुसाल तृतिय भएका थिए ।

५० केजी मुनि तौल समुहमा प्रथम, द्वितिय र तृतिय क्रमशः सजीन महर्जन, मुस्कान पुन मगर र सांगे शेपा भएका छन ।

यसैगरी, ५५ केज मुनि तौल अन्र्तगत भएको प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्ने जयमान तामाङले स्वर्ण पदक जितेका छन भने द्वितिय भएका जनिप परियारले कास्य र तृतिय भएका विशला थापाले रजत पदक पाएका छन् ।

५५ केजी माथि भएको खेलमा सोम घले प्रथम, शिबु पटेल द्वितिय र दिछाल मगर तृतिय भएका छन् ।

महिला समुह अन्र्तगत ३० केजी मुनि, ४५ केजी मुनि र ४५ केजी माथि गरी तिन समुहमा भिडन्त गराएको थियो ।

३० केजी मुनिमा भएको प्रतिस्पर्धामा आकृति राय क्षेत्रीले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक बिजेता भएकी थिइन भने दोश्रा स्थान प्राप्त गर्ने परिषा खड्काले कास्य र तृतिय भएकी युनिषा राउतले रजत पदक प्राप्त गरिन् ।

यसैगरी ४५ केजी मुनिका बिजेताहरुमा प्रथम, द्वितिय र तृतियमा क्रमश ः मनिषा घले, सल्मा खातुन र सोनम तामाङ रहेका छन् भने ४५ केजी माथि भएको खेलमा प्रकृति स्थापित प्रथम र निर्जला महर्जन द्वितिय भए ।

बिजेता खेलाडीहरुलाई नेपाल एकायन कराते संघ, काठमाडौ जिल्ला समितिका सल्लाहकारहरु आनन्द बहादुर शाही, मिलन शाही तथा कार्यक्रम संयोजक प्रदिप खड्गीले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिताको निर्णायाधिशका रुपमा सिर्जना अधिकारी, मुख्य निर्णायकमा भरत धौलाकोटी रहेका थिए भने निर्णायको भुमिका निर्वाह गर्नेहरुमा किशोर पाख्रिन, निखिल बोगटी, रुपेश मगर तथा अन्सुमन चौधरी थिए ।

..

 

 

4Th ekayan karete live from mathmandu

Posted by SK Dangol on Saturday, 22 September 2018

 

 

 

 

 

 

 

 

Loading...