राजनीतिक ‘कू’ गर्ने षड्यन्त्रमा विदेशी भूमिबाट ज्ञानेन्द्रको यस्तो चलखेल

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह २०७५ को असोज महिना पनि विदेशमै रमाउने कार्यक्रम रहेको थाहा भएको छ ।

उनका ती भ्रमणहरु राजनीतिकदेखि पारिवारिक र पर्यटकीयसम्म हुनेछन् । देशदेशावरको यात्रामा निस्केका ज्ञानेन्द्र अहिले श्रीलंकाको राजनीतिक भ्रमणमा व्यस्त छन् । भदौ २९ मा थाइल्याण्ड भ्रमणमा निस्केका शाहले एक महिना पूरै विदेशमा बिताउने छन् । २९ भदौमा विदेश भ्रमणमा निस्केका पूर्वराजा शाह ३० असोजमा नेपाल आइपुग्नेछन् ।

यो समयमा उनी थाइल्याण्ड, श्रीलंका, भारतदेखि माल्दिभ्ससम्मको यात्रा गर्नेछन् । २९ भदौमा थाइल्याण्ड निस्केका पूर्वराजा शाहको परिवारले त्यहाँ शुद्ध पारिवारिक भ्रमण सम्पन्न गरेको छ । नातिनीहरु पुर्णिका र कृतिकासँग भेटघाट गरेपछि पूर्वराजपरिवारको टोली अहिले श्रीलंका पुगेको छ । साँघु साप्ताहिकमा खबर छ ।

२०७५ असोज ८ मा प्रकाशित ।

Loading...