दक्षिण कोरियाका राष्ट्रपति मुन उत्तरकोरियाको सन्देश लिएर अमेरिका जाँदै

काठमाडाैं । अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन पहल गर्दै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन आइतबार अमेरिकी गएका छन् । राष्ट्रपति मुनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न समाचारमा जनाइएको छ ।

उत्तर कोरियाली नेता कीम जोङ–उनसँग गतसाता तेस्रो द्विपक्षीय शिखर बैठक गरे लगत्तै राष्ट्रपति मुनले अमेरिका भ्रमण गर्न लागका हुन् । यस अवसरमा राष्ट्रपति मुनले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै विश्व समुदायसमक्ष अन्तर–कोरियाली शिखर बैठकका परिणामहरु जानकारी गराउने भएका छन् ।

’राष्ट्रपति मुनले तेस्रो अन्तर–कोरियाली शिखर बैठकका बारेमा विस्तृत रुपमा अमेरिकी राष्ट्रपति र विश्व समुदायलाई जानकारी गराउनु हुनेछ,’ राष्ट्रपतिको सुरक्षा कार्यालयका वरिष्ट निर्देशक नाम ग्वान–प्योले बताए । मूनले उत्तर कोरिया र अमेरिकाबीच स्थगित वार्ता सुरु गराउन अमेरिकी राष्ट्रपतिसँग छलफल गर्ने कार्यक्रम रहेको पनि उनले बताए ।

उत्तर कोरियाले व्यक्त गरेका प्रतिबद्धता बमोजिम आणविक निःशस्त्रीकरणका कार्यहरु नभएको भन्दै असन्तुष्टी जनाएको अमेरिकाले पछिल्ला दिनहरुमा राजनीतिक भेटघाट स्थगित गरेको छ । राष्ट्रपति मून र नेता किमले जारी गरेको संयुक्त वक्तव्यमा उत्तर कोरियाले डोङचाङ–रीस्थित क्षेप्यास्त्र परीक्षण केन्द्र र प्रहार केन्द्रहरु बन्द गर्ने सहमति जनाएको छ । यही केन्द्रबाट अमेरिकासम्म क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमता रहेको बताइन्छ ।

Loading...