बन्दको पूर्वसन्ध्यामा काठमाडौंमा नेकपाको मसाल जुलुस

काठमाडौं ।

बन्दको पूर्व सन्ध्यामा नेपाल कम्युनिष्ट पार्टीले उपत्यकामा मसला जुलुस गरेको छ । असोज ७ गते आइतबार अर्थात् भोलीको बन्द सफल पार्न नेकपाका कार्यकर्ताहरुले आज साँझ काठमाडौं, भक्तपुर र ललितपुरका बिभिन्न ठाउँमा मसाल गरेका हुन् ।

नेकपाले संचार केन्द्रलाई दिएको जानकारी अनुसार काठमाडौं बानेश्वर, बगाबजार र कलंकी,बांगेमुढा, ललितपुरको जावलाखेल र भक्तपुरको ठिमी लगायतका स्थान सो पार्टीले मसाल जुलुस निकालेको हो ।

नेकपा उपत्यका विशेष ब्यूरोले पार्टीका प्रवक्ता प्रकाण्ड, पीबीएमहरू, सीसीएमहरू तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारीविरुद्ध बन्दको घोषणा गरेको हो ।

शुक्रबार साँझ ब्यूरो इन्चार्ज प्रज्जवले विज्ञप्ति जारी गरेर गिरफ्तार नेताहरुको रिहाईको लागि बन्दको घोषणा गरिएको बताएका थिए । उनले नेताहरुलाई अदालतले रिहाईको अदेश हुँदा समेत पटक–पटक गिरफ्तारी गरी झुटा मुद्दामा जिल्ला घुमाउने काम गरिरहेको घोर विरोध तथा भत्र्सना गरेका छन् ।

‘ओली–प्रचण्ड सरकारले नेपाललाई यतिखेर अघोषित रूपमा युद्धग्रस्त क्षेत्र बनाइरहेका छन् । ओली सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता कमरेड प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू कमरेड पद्म राई, शिलु, कमरेड जीवन्त, कमरेड गम्भीर, कमरेड ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरू कमरेड दिपेश, कमरेड सुमन, कमरेड आजाद, कमरेड असल, कमरेड देवनाराण शाहलगायत सयौं राजनीतिकर्मीलाई विभिन्न झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखिरहेको छ ।’ विज्ञप्तिमा भनिएको छ- ‘यो सरकारले आफ्नै अदालतको आदेशको समेत घोर अवहेलना हुनेगरी हाम्रो पार्टीका प्रवक्तालगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेको छ । राज्यको यस किसिमको निरङ्कुशता तथा अराजकताको हामी घोर विरोध तथा भत्र्सना गर्दछौँ ।’

इन्चार्ज प्रज्वलले उपत्यका बन्द सफल बनाउन आम जनसमुदायसँग अनुरोध गरेका छन् । त्यसैरी निर्मला पन्तलगायत दर्जनौं किशोरीहरूको बलात्कार गरी हत्या हुँदासमेत यो सरकार अपराधीलाई न्यायको कठघरामा उभ्याउनुको सट्टा उल्टै अपराधीलाई बचाउन अनेक प्रपञ्च गरिरहेको विज्ञप्तिमा भनिएको छ । हिजै दुई जना पोलिट्ब्यूराे सदस्यलाई सर्वोच्चले रिहाईको अादेश गरे लगत्तै प्रहरीले गिरफ्तार थियो ।

हेर्नुहोस् विज्ञप्ति

Loading...