इन्द्रजात्र प्रारम्भ , हनुमानढोका कालभैरव अगाडी विधिवत रुपमा य:सिं (इन्द्र ध्वजा ) ठड्याइयो – भिडियो सहित

असोज ५ , काठमाडौं । राष्ट्रिय पर्वको रुपमा मानिदै आएको इन्द्रजात्रा आजबाट प्राम्भ भएको छ । शुक्रबार बिहान ८:३० को शुभ साइतमा काठमाडौँको दरवार हनुमानढोका कालभैरव अगाडी विधिवत रुपमा य:सिं (इन्द्र ध्वजा ) ठड्याइये संगै एस बर्षको इन्द्रजात्रा। शुभारम्भ भएको हो ।
इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो।यसलाई येँया पुन्हि पनि भनिन्छ।
विशेष गरेर काठमाडौं उपत्यकामा भाद्र शुल्क द्वादशीका दिनदेखि ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक शुरुवात इन्द्रधजा स्वरुप लिंगो ठड्याएर गरिन्छ । जसलार्इ नेवार भाषामा यः सिं भनिन्छ । नेपाल भाषामा ”य:सिं” भनिने उक्त लिंgगोमा मंगल सूचकका विभिन्न चिह्न अङ्कित पताका झुन्ड्याएको हुन्छ। उक्त लिंगो ठड्याएपछि फेंदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन।
उपत्यका संगै देश बिदेसका अन्य विभिन्न स्थानमा नेवार समुदायले मान्य परम्परा बढ्दै गएको छ ।

-:- भिडियोको लागि तल क्लिक गर्नुहोला

य:सिं (इन्द्र ध्वजा ) ठड्याइये संगै एस बर्षको इन्द्रजात्रा। शुभारम्भ भएको हो ।

य:सिं (इन्द्र ध्वजा ) ठड्याइये संगै एस बर्षको इन्द्रजात्रा। शुभारम्भ

Posted by झीगु स: मंका स: on Thursday, 20 September 2018

Loading...