निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै क्रान्तिकारीको प्रदर्शन

काठमाडौं ।

निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले बुधबार त्रिचन्द्र क्याम्पसमा विरोध प्रदर्शन गरेको हो ।

अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला समितिका अध्यक्ष उषाकिरण आजदको नेतृत्वको विरोध प्रदर्शन निर्मला पन्तको वास्तविक बलात्कारी तथा हत्यारालाई कारवाहीको माग गरेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस जिल्ला उपाध्यक्ष प्रभात भट्टराईले निर्मलाका अपराधीलाई कारवाही गर्नुको साटो सरकारकै उच्च तहका नेता तथा सुरक्षाकर्मीहरुले नै अपराधीलाई लुकाउने प्रयास गरेको बताए ।

उनले नेकपा प्रवक्ता प्रकाण्डलाई सर्वोच्च अदालतले पटकपटक रिहाई गर्दा पनि पुनः गिरफ्तार गरेको भन्दै आपत्ति जनाए । दुई तिहाईको बलमा सरकारले नागरिकको मौलिक अधिकारमाथि नै हस्तक्षेप गरेको बताए । क्रान्तिकारीले निर्मलाको न्याय र प्रकाण्डको रिहाइको लागि बिरोध प्रदर्शन जारी राखेको छ ।

२०७५ असोज ४ मा प्रकाशित ।

Loading...