पूर्वाञ्चल विश्वविद्यालयमा अखिल क्रान्तिकारीको तालाबन्दी

काठमाडौं, ७ साउन । अखिल क्रान्तिकारीले पूर्वाञ्‍चल विश्‍वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले आफ्नो ९ बुँदे मागप्रति विश्‍वविद्यालय गम्भीर नभएको भन्दै शुक्रबार काठमाडौंस्थित सम्पर्क कार्यालयमा तालाबन्दी गरेको हो ।

अखिल क्रान्तिकारीले विश्वविद्यालयमा देखिएको विकृति विसंगती, गैरजिम्मेवारपूर्ण कार्य समाधानको माग गर्दै साउन १ गते ९ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको थियो ।

संगठनका पीयू संयोजक भिष्मकुमार शाहीले आफूहरुले समस्या समाधानो लागि तीन दिने अल्टिमेटम दिएको बताउँदै वार्ता र संवादबाट समस्या समाधन गर्नेतिर विश्‍वविद्यालय पदाधिकारी कुनै चाँसो नदेखाएका कारण आफूहरु तालाबन्दी गर्न बाध्य भएको बताएका छन् ।

झै विश्‍वविद्यालय गम्‍भीर नभए यो भन्दा कडा संघर्षको कार्यक्रममा जाने शाहीले चेतावनी समेत दिएका छन् ।

यस्ताे छ तालाबन्दीकाे कारण 

Loading...