जितेन्द्र रसिकको अलकापुरी भक्तपुर सार्वजनिक

पुरातत्व विभागले गर्न नसकेको काम गरेको छ रसिक र धौभडेलले– दाहाल

 

असोज ४ , भक्तपुर । साहित्यकार तथा लेखक जितेन्द्र रसिकको आठौं कृति अलकापुरी भक्तपुर र संस्कृतिविद्् ओम धौभडेलको भक्तपुर दरवारका मल्लकालिन भारदारहरु नामक दुई कृति एकै साथ बुधवार भक्तपुरमा सार्वजनिक गरिएको छ ।

दुबै कृति सार्वजनिक गर्दै कृति लोकार्पण समारोहका प्रमुख अतिथि पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालले विभागले पुरा गर्न नसकेको काम लेखक रसिक र धौभडेलले गरेको बताउनु भयो । उहाँले पुरातत्व विभागको नजर पुग्न नसकेको सम्पदा र संस्कृतिको क्ष्ँेत्रमा समेत अलकापुरी भक्तपुर कृतिमा समेटिएकोले आगामी दिनमा ति क्षेत्रमा पनि विभागको ध्यान जाने बताउनु भयो लेखक रसिकले भक्तपुर आउन चाहने आन्तरिक तथा बाह््य पर्यटकको लागि यो पुस्तक निकै उपयोगी र जानकारीमुलक हुनुका साथै नेपालको संस्कृति क्षेत्रलाई प्रदान गरेको बताउनुभयो ।
संस्कृतिविद्् तेजेश्वरबाबु ग्वंगले भानुभक्त आचार्य काठमाडौ आउँदा भक्तपुरसम्म नआइपुगेकाले काठमाडौलाई मात्र अलकापुरी देखेको तर रसिक भक्तपुरसम्म आइपुग्दा अलकापुरी भक्तपुर सिर्जिएकाले सिङ््गो भक्तपुर जिल्लाले गौरवान्दित महशुष गर्ने बताउनु भयो । उहाँले हाल सम्म प्रकाशित भक्तपुरका सबै पुस्तकहरुमा मण्डपशैलीका मन्दिरलाई प्यागोडा लेख्दै आएकोमा आपत्ती जनाउँदै अलकापुरी भक्तपुर कृतिले त्यो भ्रम चिरेर मण्डपशैलीका सम्पदाहरुका विषयमा स्पष्ट पारेकोले उक्त कृति भक्तपुरको सम्पदा र संस्कृतिको क्षेत्रमा निकै महतवपूर्ण रहेको बताउनु भयो । त्यति मात्र नभई रसिकका रसिला कलमले कुनैबेलासम्म भक्तपुर जिल्लाको उत्तर खण्ड मनहरा पारीका साँखु सम्पदासँगै साँखु पनि पहिले भक्तपुर नै थियो भन्ने तथ्यलाई उजागर गरेको बताउनु भयो । अलकापुरी भक्तपुर कृतिले नेपालका सम्पदा पुजक आन्तरिक तथा बाह््य पर्यटनमा सघाउने संस्कृतिविद्् ग्वंगःको भनाई छ । त्यस्तै भक्तपुरका संस्कृतिविद्् तथा लेखक ओम धौभलेलको कृति ‘भक्तपुर दरवारका मल्लकालिन भारदारहरु’ले उनका पुस्ताहरुलाई आफ्नो पुर्खाहरु चिन्ने मौका मात्र नभई भक्तपुरका संस्कृति र सम्पदाका क्षेत्रमा कुन भारदारकहरुको योगदान कस्तो हरेको थियो भन्ने समेत ऐतिहासिक पुस्तक भएको बताउनु भयो ।
कार्यक्रमका अतिथि तथा वरिष्ठ समालोचक डा. देवीप्रसाद सुवेदीले भक्तपुरकै स्थानिय लेखकदयको दुबै कृति मौलिक र यथार्थ विवरण, इतिहास र सम्पदाको नालीबेली भएकाले सम्पदा र मल्लकालिन भारदारका विषयमा जान्न र खोज अनुसन्धान गर्न चाहनेलाई उपयोगी कृति भएको बताउनु भयो । कृतिकार जितेन्द्र रसिकले ८ वर्षको मेहेनतपछी आठौं कृतिका रुपमा प्रकाशित अलकापुरी भक्तपुरमा हिन्दु, बौद्ध, मुस्लिम लगायत सबै सम्पदा र संस्कृति समेतेको बताउनु भयो । उहाँले भक्तपुरको भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका संस्कृति र सम्पदालाई कृतिमा समेत्नु भएको जानकारी दिनुभयो । त्यस्तै भक्तपुर भ्रमणमा आउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि र यो कृतिले भक्तपुर भ्रमणमा आउने यहाँका संस्कृतिका विषयमा जान्न चाहनेका लागि यो कृतिले सघाउने र भक्तपुरका मठ मन्दिर जात्रा, संस्कृति, इतिहास, समाज बारे जान्न सहज हुने अपेक्षा गरेको रसिकको भनाई छ ।
त्यस्तै भक्तपुरका मल्लकालिन भारदार कृतिका लेखक ओमप्रसाद धौभडेलले मल्लकालिन समयमा भारदारहरु को को थिए तिनीहरुका योगदान भक्तपुरको संस्कृति, सम्पदा निर्माण देखि विकास सम्मका विषयवस्तु बारे कृतिबाट जानकारी लिन सक्ने बताउनु भयो । उहाँले कतिपय नलेखिएका इतिहास र आफु भारदारका सन्तान हुँ भन्ने विर्सिएका उनीहरुकै सन्ततीलाई समेत पूर्खाको योगदान जान्ने अवशर समेत यो कृतिले दिने बताउनु भयो
कार्यक्रममा दुबै पुस्तकमापुरातत्व विभागले गर्न नसकेको काम गरेको छ रसिक र धौभडेलले– दाहाल योगदान गरेका फोटो पत्रकारहरु रामगोपाल तमखु, विनोद कोजु, आवरण डिजाइनर तथा साहित्यकार मनोज केसी समय, महाकवि चन्द्रप्रसाद न्यौपाने र डा. भगवान चन्द्र ज्ञवाली लगायतलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रममा भक्तपुर विकास सहयोग समतिका निवर्तमान अध्यक्ष, कृष्णलाल प्रधान, भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनंकमी, कथाकार माया ठकुरी, प्राज्ञ मातृका पोखरेल, ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जन लगायतका अतिथिहरु उपस्थित थिए ।

पत्रकार/उपन्यासकार/कथाकार जितेन्द्र श्रेष्ठ रसिकको ८ औं कृति अलकापुरी भक्तपुर विमोचन भएको छ। उहाँलाई हार्दिक बधाई तथा शुभकामना। Jitendra Rasic Jitendra Rasic

Posted by Netra Tamang on Wednesday, 19 September 2018

Loading...