स्वीस बैंकमा रहेको नेपालीको पैसाबारे छानविन गर्न सांसदको माग

काठमाडौं ।

स्वीजरल्याण्डको स्वीस बैंकमा नेपाली नागरिकको नाममा रहेको पैसाको छानविन गर्न राष्ट्रिय सभामा आवाज उठेको छ ।

राष्ट्रिय सभाको बिहीवार बसेको बैठकको शून्य समयमा नेकपाका सांसद खिमकुमार विकले स्वीस बैंकमा रहेको कालोधनको छानविन गरेर राष्ट्रियकरण गर्न माग गरेका हुन् ।

सो बैंकमा नेपालीको नाममा रहेको ३ सय २२ मिलियन स्वीस फ्रयाङ्क रहेको समाचार केही समय पहिले प्रकाशित भएको थियो । 

‘स्वीजरल्याण्डको स्वीस बैंकले ३ सय २२ दशमल ८८ मिलियन स्वीस प्र्रmङ्क बैंकमा छ भन्ने सार्वजनिक गरेको छ, त्यति धेरै धनरासीको खोजविन गर्न जरुरी छ’ सांसद विकले संसदमा भने, ‘त्यो कालो धनलाई स्वतन्त्र छानविन गरी राज्यको बानाउन जरुरी छ ।’

२०७५ असोज ४ मा प्रकाशित ।

Loading...