मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

रुपन्देही । 

रुपन्देहीको सैनामैना नगरपालिका–३ मुर्गियामा हिजो बेलुकी ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार रुपन्देही ४ का १९ बर्षीय विशाल बुढाथोकी छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २१ बर्षीय दिनेश आले र १९ बर्षीय कपिल श्रेष्ठको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

दुवैको अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ । हिजो बेलुकी पौने ९ बजे खप्परखोलाबाट मुर्गिया बजारतर्फ आउँदै गरेको लु३१प ६५१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।

२०७५ असोज ४ मा प्रकाशित ।

Loading...