विषाक्त मदिरा सेवनबाट मलेसियामा ज्यान गुमाउने नेपालीको सनाखत (नामलिस्टसहित)

काठमाडौं ।

विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने ६ जना नेपालीको सनाखत भएको छ ।

क्वालालुम्पुरस्थित नेपाली दूतावासका अनुसार ६ जना नेपालीको पहिचान भएको छ भने ८ जना नेपाली बिरामी रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको राजदूतावासले जनाएको छ ।

मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव, अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले रहेका छन् ।

हेर्नुहोस् थप बिबरण

Loading...