अन्तर बिद्यालय एकायन कराते प्रतियोगिता हुने

भाद्र ३१ , काठमाडौं / नेपाल एकायन कराते संघ कंकेश्वोरी शाखाकाे अायाेजनामा चौथो कंकेश्वोरी अन्तर विद्यालय एकायन कराते प्रतियोगिता संचालन हुने भएको छ ।

आश्विन ६ गते शनिबार हुने प्रतियोगिता काष्ठमण्डप मरुहिटी स्थित शान्ति निकुञ्ज माध्यमिक बिद्यालय मा संचालन हुने भएको छ ।

प्रतियोगितालाई सफल पार्न नेपाल एकायन कराते संघ कंकेश्वोरी शाखाले प्रतिक खडकीको संयोजकत्वमा ९ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । जसमा किशोर तामाङ( खेलाडी) ,सृजन अधिकारी( निर्णायक ), विवेक थापा मगर र भरत धौलाकोटी (स्टे ज),अजय नेपाली र शंकर धौलाकोटी (स्वयम् सेवक) , निकिल बोगटी(अतिथि), अन्सुमन चौधरी( प्रचार प्रसार ) र विष्णु मान शाक्य( उदघाटन र समापन) रहेका छन।

Loading...