ओली र प्रचण्डबीच कसले फाटो पार्न खोज्यो ? यसो भन्छन् ओली

काठमाडौं ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गराएर छाड्ने बताएका छन् ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा बोगटीको चौथौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले अहिले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गरी पार्टी एकतालाई सुदृढ गराएर छाड्ने बताएका हुन् ।

उनले बोगटीजस्ता महान् योद्धाको सपना साकार पार्न पनि पार्टी एकतालाई निष्कर्षमा पु¥याउनु आवश्यक रहेको उल्लेख गरे । ‘सानातिना कुरा, आफ्ना हित र अहंकारमा अल्झियो भने शहीदको सपना पूरा गर्न सकिँदैन’, उनले भने, ‘ शहीदका सपना पूरा गर्न पनि पार्टी एकतालाई सुदृढीकरण गर्दै मुलुकलाई समृद्धितर्फ लैजानु पर्दछ ।’

प्रधानमन्त्री ओलीले पार्टी एकतालाई भत्काउनका लागि घुसपैठ गर्ने, अन्तरविरोध चर्काउने र दुई अध्यक्षबीच भाँजो हाल्ने प्रयास भइरहेकाले यसबाट सचेत हुनुपर्नेसमेत बताए ।

‘देशभित्र र बाहिर कतिपय शक्ति ‘के निहुँ पाउँ कनिका बुकाउँ’ भनेर लागिरहेका छन्, हामीबीच अन्तरविरोध चर्काउन खोजिरहेका छन्’, उनले भने, ‘ हामी त्यस्ता अन्तरविरोधलाई चिर्दै प्रतिक्रियावादीका हमलालाई जवाफ दिँदै पार्टी एकतालाई टुङ्गोमा पु¥याउछौँ ।’

उनले कम्युनिष्ट आन्दोलनलाई मदन भण्डारीदेखि पोष्टबहादुर बोगटीका मार्गमा हिँडाएर जनताका आकांक्षा पूरा गर्नुपर्ने आवश्यकतामा जोड दिए । ‘जुन किसिमको समाजवाद स्थापना गर्ने उहाँहरुले सपना देख्नुभएको थियो । त्यो सपना हामी पूरा गर्ने छौँ” प्रधानमन्त्रीले भने ।

सुखी नेपाली र समृद्ध नेपाल सबैको चाहना भएकाले त्यसलाई पूरा गर्न कम्युनिष्ट आन्दोलन एकढिक्का भएको भन्दै उनले अब यो एकता कहिल्यै विभाजित नहुने पनि बताए । उनले लोकतन्त्रलाई सुदृढ पार्दै देशमा भ्रष्टाचार निमूल पार्ने अभियानमा सरकार लागिपरेको समेत धारणा राखे

Loading...