बागलुङमा ठूलो खोला थुनियो, गुल्मीका हजारौं घर जोखिममा

पाल्पा ।

बागलुङ जिल्लाको भीमगीठेमा बढीघाट खोला थुनिँदा हजारौं घर जोखिममा परेका छन् ।

बागलुङको भीमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका हजारौ बस्ती जोखिममा परेका हुन् । ढोरपाटन नगरपालिका र बढीघाट गाउँपालिकाको सिमानामा पर्ने तुरतरे देउरालीमा पहिरो खसेको स्थानीयले बताएका छन् ।

पहिरोका कारण त्यस क्षेत्रकै ठूलो खोला शुक्रबार रातिदेखि अबरुद्ध भएको हो । खोला थुनिँदा तीन किलोमिटरसम्म पानीको ताल बनेको छ ।

पानी ओभरफ्लो भएर बग्न थालेकाले बढीखोला फुट्ने सम्भावना कम रहेको जनाइएको छ । खोला थुनिएपछि बागलुङका खार र खर्बाङ्ग बजार तथा गुल्मीको मुसिकोट नगरपालिकाका वामी, भुवाचिदी, आँपचौर, बडागाउँको ग्वादीकाचौर, चन्द्रकोट गाउँपालिकाको मजुवा बजार, सत्यवति गाउँपालिकाको जोहाङ्ग खैरेनी, चोरकाटे बजार र रुद्रवेणी बजारका घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेले बताएका छन् ।

उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले जोखिममा रहेका खोला नजिकका बस्तीहरूमा माइकिङ्ग गरेका छन् । प्रमुख जिल्ला अधिकारी पौडेलले सवैलाई सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।

जिल्ला प्रहरी प्रमुख दीपक बस्नेतले खोला किनारका मानिसलाई सुरक्षित स्थानमा सार्ने काम भैरहेको बताएका छन् ।

बाग्लुङ्गको बढीघाट गाउँपालिका ७ का वडाध्यक्ष कृष्ण गुरुङ्गका अनुसार मलकट्ठीबाङ्गका करिव एक दर्जन घर डुवानमा परेका छन् । उनले खोला थुनिएपछि त्यसपछि तलको भागमा पानी सुख्खा रहेको गुरुङ्गले बताए ।

Loading...