सरकारलाई राजपा सांसदको प्रश्न: उपप्रधानमन्त्रीलाई झण्डा नदेखाएर के बन्दुक देखाउनु पर्थ्यो ?

काठमाडौं ।

राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवबारे सरकारको जवाफ माग गरेको छ । साथै घटनाबारे अध्ययन गर्न संसदले सर्वदलीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।

संसदको शुक्रबारको बैठकमा सभामुखले समय दिएपछि बोल्दै राजपा सांसद लक्ष्मणलाल कर्ण राजपा सांसदले सुरक्षा दिनुपर्ने प्रहरीकै हिरासतमा रहेको यादवको हत्या भएको बताए । उनले प्रश्न गरे, ‘प्रहरी हिरासतमै मान्छे मर्छ भने कसले सुरक्षा गर्छ ?’

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा यादव पक्राउ परेको र प्रहरीको यातनाका कारण मृत्यु भएको उनको दाबी छ । कालो झण्डा देखाउनु सबैभन्दा शान्तिपूर्ण विरोध प्रदर्शन भएको भन्दै राजपा सांसद कर्णले भने, ‘कालो झण्डा नदेखाएर के भाला, बन्दुक देखाउने पर्ने थियो ?’

प्रहरी हिरासतमा निर्मम कुटपिट भएकै कारण यादवको मृत्यु भएको भन्दै उनले घटनाबारे छानबिन गर्न संसदले सर्वदलीय समिति बनाउनुपर्ने माग गरेका छन् ।

Loading...