तीजको दर खाएर नाच्दै ढले सिवाकोटी

काठमाडौं ।

तीजको दर खाएर नाच्दै गर्दा हेटौंडा ११ का रामहरि सिवाकोटीको मृत्यु भएको छ ।

छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तिज विशेष कार्यक्रममाा रमाईलो गर्दै नाचिरहँदा उनी एक्कासि लडेर अचेत भएका थिए ।

अचेत भएको केही बेरमै अस्पताल पुर्याइए पनि डाक्टरले उनका मृत्यु भइसकेको घोषणा गरे । अचेत भएको केही बेरमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

सिवाकोटी बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडमा कार्यरत थिए । हेटौँडा अस्पतालमा पोस्टमार्टमापछि आफन्तले शव लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

Loading...