सरिता बनिन्् पहिलो नेपालगञ्जको मिसेज डिभा इन्टरनेशनलमा

नेपालगञ्जमा मिसेज डिभा इन्टरनेशनल र किड््स अफ द इयर २०१८ भव्यताका साथ सम्पन्न भएको छ । नेपालगञ्जमै पहिलो पटक आयोजना भएको प्रतियोगीतामा नेपालगञ्जको पहिलो मिसेज डिभा इन्टरनेशनल भने सरिता शर्मा बनेकि छिन्् । सरिताले टाइटलको साथमा भ्यूअर्ज च्वाइस अवार्ड र बेस्ट ड्रेसको पुरस्कार पनि हात पारिन्् । दोश्रो स्थानमा पर्न सफल पूजा गुप्ताले बेस्ट वाल्कको पुरस्कार पनि जितेकी थिइन्् । संगीता आर.सि. तेश्रो स्थानमा परिन भने उनी प्रतियोगीतामा बेस्ट ट््यालेन्ट हुन पनि सफल भइन्् । उपाधी विजेता सरितालाई आयोजकको तर्फबाट राज फैजु, श्रीषा वैदार फैजु र हेमराज सन्तोष खनालले ताज पहि¥याइ दिए भने दोश्रो भएकि पूजालाई गीता शाह र अनुप डंगोलले र तेश्रो भएकि संगीतालाई पिंकि शाह र दिपेन्द्र केसीले ताज पहि¥याइ दिएका थिए ।
त्यसैगरी किड््स अफ द इयर २०१८ तर्फ ब्वाइजमा विपिन खड््काले उपाधी जिते । विपिनले उपाधीको साथमा बेस्ट वाल्क र बेस्ट ड्रेसको पुरस्कार पनि जिते । अभिनव शर्मा दोश्रो स्थानमा परे भने उनले बेस्ट ट््यालेन्ट पनि पाए । तेश्रो स्थानमा पर्न सफल कुशाग्र गुप्ताले बेस्ट सिन्सियर पनि पाए । विजेताहरुलाई सुरेन्द्रकुमार श्रेष्ठ (जेनिस) ले ताज पहि¥याइदिए । सुरेन्द्र काठमाडौंमा भएको लिटिल प्रिन्सको साथै भारतमा सम्पन्न इन्टरनेशनल एस्थेटिक्स किड््स फेसन रनवे २०१८ मा तेश्रो स्थानमा विजयी भएका प्रतियोगी हुन्् ।
गल्र्सतर्फ संचिता राना मगरले उपाधी हात पारिन्् । संचिताले पनि उपाधीको साथमा बेस्ट वाल्क पनि पाए । प्रति उषा घिमिरे दोश्रो भइन्् भने उनले भ्यूअर्ज च्वाइस पनि पाए । बेस्ट लीडरसीप समेत पाएकि सोनिया साउद तेश्रो स्थानमा परिन्् । उपाधी विजेताहरुलाई काठमाडौंमा सम्पन्न लिटिल प्रिन्सेजको साथै भारतमा सम्पन्न इन्टरनेशनल एस्थेटिक्स किड््स फेसन रनवे २०१८ मा उपाधी विजेता सैब्या घिमिरेले ताज पहि¥याइदिइन्् ।
डिभातर्फ अडिसनबाट छानिएका पाँच जना महिलाहरुको सहभागीता थियो भने किड््सतर्फ ८ देखि १५ वर्षसम्मका २३ जना बालबालिकाहरुको सहभागीता थियो । विवाहित महिलाहरुको घरभित्रै लुकिरहेको प्रतिभा उजागर गर्ने उद्देश्यले मिसेज डिभाको आयोजना गरिएको आयोजकले जनाएको छ । साथै बालबालिकाहरुभित्र लुकेर बसेको प्रतिभासँग उनीहरुलाई साक्षात्कार गराउने उद्देश्य पनि आफ्नो रहेको आयोजकको भनाई छ । नेपालगञ्जमा यस किसिमको प्रतियोगीता आयोजना पहिलो पटक भएको आयोजकको दावी रहेको छ ।
किड््स र मिसेज डिभा दुवै समूहलाई कोरीयोग्राफी इन्टरनेशनल कोरीयोग्राफर साथै रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका डाइरेक्टर राज फैजुले गरेका थिए । ड्रेस डिजाइन भने नेपालगञ्जकै इम्प्रेसन बुटिकले गरेको थियो । पाण्डव मिडियाको प्रस्तुति रहेको कार्यक्रमको परिकल्पना र व्यवस्थापन रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.को थियो भने संयोजन राजश्री कलेक्सनले गरेको थियो ।
प्रतियोगीतामा विजयी किड््सहरुले विदेशमा हुने अन्तर्राष्ट्रिय कार्यक्रममा समेत सहभागीता जनाउने अवसर पाउने रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका डाइरेक्टर राज फैजुले बताउनुभयो । आफुले प्रतियोगीहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै क्याटवाकदेखि लिएर आवश्यक अन्य तालीमहरु पनि दिएको र प्रतियोगीतहरुमा विकास भएको प्रतिभा र आत्मविश्वासलाई हेर्दा अन्तर्राष्ट्रिय प्रतियोगीतामा पनि प्रतियोगीहरुले नेपालको नाम चम्काउनेमा आफु निकै आशावादी रहेको फैजुको भनाइ थियो ।
प्रतियोगीतामा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वले निर्णायकको भूमिका सम्पन्न गरेका थिए । प्रतियोगीतामा निर्णायकमा चलचित्र कलाकार सुभेच्छा थापा, रश्मी भट्ट, मोडल कलाकार खगेन्द्र नेपाल, चर्म रोग विशेषज्ञ डा. विनोद कर्ण, होटल व्यवसायी दिनेश भण्डारी सम्मिलित थिए । कार्यक्रमको विशेष आकर्षणको रुपमा लिटिल प्रिन्सेजको साथै भारतमा सम्पन्न इन्टरनेशनल एस्थेटिक्स किड््स फेसन रनवे २०१८ मा उपाधी विजेता सैब्या घिमिरे र लिटिल प्रिन्सको साथै भारतमा सम्पन्न इन्टरनेशनल एस्थेटिक्स किड््स फेसन रनवे २०१८ मा तेश्रो स्थानमा विजयी सुरेन्द्रकुमार श्रेष्ठको वाल्क पनि रहेको थियो । साथै सैब्या र सुरेन्द्रले विगतमा आफुहरुले प्रतियोगीतामा सहभागी भइसकेपछि आफुले सिकेका कुराहरु र आफुमा आएको परिवर्तनको बारेमा भनाई समेत राखेका थिए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धलवशमसेर राणाको पनि उपस्थिती थियो ।

Loading...