सर्वाेच्चले पायाे ६ महिनापछि प्रधानन्यायाधीश

काठमाडौं ।

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । समितिको सोमबार बसेको बैठकले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

तत्कालिन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले १ चैत्र ०७४ मा राजीनामा दिएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चल्दै आएको थियो । अन्तत: सर्वाेच्चले ६ महिनापछि प्रधानन्यायाधीश पाएकाे हाे ।

पराजुलीको राजिनामापछि बरिष्ठ न्यायाधीसका हैसियतमा दीपकराज जोशी कामु प्रधानन्यायाधीस भएका थिए ।प्रधानन्यायाधीशको दावेदार रहेका जोशीको नाम अघिल्लो महिना संसदीय विशेष सुनुवाई समितिले अस्वीकृत गरेको थियो ।

त्यसपछि बरिष्ठतम न्यायाधीसका हैसियतमा मिश्रले कामु प्रधानन्याधीशको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

२०७५ भदौ २५ मा प्रकाशित ।

Loading...