दुर्घटनामा परेको अल्टिच्यूड एयरको हेलिकोप्टरबाट उछिट्टिएर बाँचेका एक व्यक्ति सम्पर्कमा आए

काठमाडाैं, २३ भदाै । दुर्घटनामा परेर वेपत्ता भएकाे अल्टिच्यूड एयरकाे हेलिकाेप्टरबाट उछिट्टिएर बाँचेका एक यात्रु टेलिफाेन सम्पर्कमा अाएका छन् । घाइते अवस्थामा रहेकाले राम्राेसँग बाेल्न समेत नसकेका उनले नेपाली सेनालार्इ टेलिफाेन गरेर अाफू उछिट्टिएर बाँचेकाे तर हेलिकाेप्टर दुर्घटनामा परी ध्वस्त भएकाे जानकारी दिएकाे बताइएकाे छ ।

शनिबार बिहानदेखि हराईरहेको अल्टिच्युड एयरको हेलिकोप्टरबाट एकजना मात्र यात्री उछिट्टिएर बाँचेकाे अहिलेसम्मकाे जानकारी अाएकाे तर उनी पनि कुन अवस्थामा छन भन्ने एकिन हुन सकेकाे छैन । उच्च सैनिक स्रोतका अनुसार हेलिकोप्टर नुवाकोटको सामरी भन्ज्याङ दक्षिण र धादिङको बैरेनी भन्दा उत्तर दुर्घटना भएको जानकारी ती यात्रीले दिएका छन्।

‘उनले आफ्नो नाम पनि राम्रोसँग भन्न सकेका छैनन्, धेरै बोल्न सक्ने अवस्थामा पनि छैनन्’ स्रोतले भन्यो, उनले दिएको जानकारीका आधारमा त्यस क्षेत्रमा खोजी कार्य जारी छ।’

ती व्यक्तिले दिएको जानकारीका आधारमा एयर अल्टिच्युडको हेलिकोप्टरले हवाई मार्गबाट खोजी जारी राखेको छ र उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टरपनि तयारी अवस्थामा छ।

क्याप्टेन निश्चल केसी पाइलट रहेको सो हेलिकोप्टरमा गोर्खाका आनी डोल्पा डिकी र छोवाङ नुर्बु, सिन्धुपाल्चोकका सुनिल तामाङ, रामेछापका दिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा र जापानी नागरिक हिरोमी कोमात्सु छन्।

Loading...