अल्टिच्यूड एयरको हेलिकोप्टर दुर्घटना

काठमाडाैं, २३ भदाै । अल्टिच्यूड एयरकाे हेलिकाेप्टर अाज विहान गाेरखा र धादिङकाे सीमानामा दुर्घटनामा परेकाे छ । गोरखाको मनास्लुमा पर्यटक छाडेर फर्कँदै गरेको अल्टीच्युट एयरको हेलिकोप्टर शनिबार बिहान ८ बजेर ५ मिनेट जाँदाबाट सम्पर्कविहीन भएकाे थियाे ।

उक्त हेलिकोप्टर धादिङ नुवाकोटको सीमानामा पर्ने मैदान गाउँपालिका बसिङ भन्ने विकट जंगलमा दुर्घटनामा परेकाे हुनसक्ने आशंका गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताएका छन् । हेलिकाेप्टर दुर्घटनामा परेकाे ठाउँमा कुनै मानव वस्ती नभएकाे बताइएकाे छ । हेलिकोप्टरको खोजीका लागि नुवाकोट र धादिङ दुवै जिल्लाबाट प्रहरी परिचालन गरिएको बताइएकाे छ ।

जंगलमा बाक्लो कुहिरो लागेकोले खाेजि कार्यमा असर पुगेकाे छ । हेलिकाेप्टर खाेजिका लागि काठमाडौँबाट अर्को हेलिकोप्टर पुगेकाे छ । गोरखाको सानागाउँबाट उडेको उक्त हेलिकोप्टर शनिबार बिहान ८ बजेर ५ मिनेट जाँदाबाट सम्पर्कविहीन बनेको थियाे। उक्त हेलिकाेप्टरले गोरखाको सानागाउँमा पर्यटक छाेडेर अाएकाे बताइएकाे छ । पर्यटक छाडेर काठमाडौँ आउँदै गरेको उक्त हेलिकाेप्टर उडेको केही समयमा नै सम्पर्कविहीन भएको थियाे । अल्टीच्यूट एयरका सञ्चालक सीताराम सापकोटाले सुरुमा हेलिकोप्टर पायलटले कतै अवतरण गरिएको हुनसक्ने बताएका थिए ।

उता गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले हेलिकोप्टर सम्पर्कविहीन भएको जानकारी आएको बताए। उनले विमान सानगाउँबाट २५ माइल दूरी क्रस भएपछि सम्पर्कबाहिर गएको जानकारी दिए। ‘हेलिकोप्टर सम्पर्कविहीन भएको जानकारीमा आएको छ, हामीले खोजी सुरु गरिसकेका छौँ।’

उक्त विमानमा ४ नेपाली र एक जापानी गरी पाँच जना यात्रु रहेको बताइएको छ।

Loading...