जब कुलमान मध्यराती बालाजु सबस्टेसन पुगे

काठमाडौं ।

बालाजु सबस्टेसनमा रहेको ट्रान्सर्फमरमा प्राविधिक समस्या आउँदा त्यस क्षेत्रमा विद्युत आपूर्ति अनियमित बनेको छ । स्थानीय क्षत्रेबाट गुनासो आएपछि सबस्टेसनमा भएको समस्या बुझ्न आइतबार राति प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फिल्डमा पुगे ।

सबस्टेसनमा रहेका २ वटा २२.५ एमभीएको ट्रान्सर्फमरमध्ये एउटामा शनिबार राति करिब ७ बजेबाट प्राविधिक समस्या आएको थियो ।

यसबाट बालाजू क्षेत्रमा विद्युत आपूर्ति अनियमित भएको छ । धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज-१, महाराजगञ्ज-२, टेकु-१, बीआई डी-१, बिआई डि-२, नयाँ बजार फिडरहरुबाट विद्युत आपूर्ति भएका क्षेत्र प्रभावित भएका छन् ।

घिसिङले बालाजु पुगेर काम छिटो गर्न प्राविधिकलाई प्रोत्साहन गरे । रातिसम्म नै सबस्टेशनमा बसेर उनले मर्मतको कामको निरीक्षण गरे ।ट्रान्सर्फमरमा समस्या आउनसाथ प्राविधिक टोली तत्काल खटिई मर्मत गरिएको छ ।

Loading...