बलेवा सेवा समाज जापानको तीज मेला कार्यक्रमको तयारी तिब्र

अर्जुन लामिछाने/टोकियो

जापानमा क्रियाशिल सामाजिक संस्था बलेवा सेवा समाज जापानले हरितालिका तीजको अवसरमा ‘तीज मेला २०१८’कार्यक्रम गर्ने भएको छ ।

स्वास्थ्य शिविर सञ्चालन तथा विपन्न विरामिको सहयोगार्थ सञ्चालन गर्ने तिज मेला सेप्टेम्बर ९ तारिख आईतवार टोकियोको मेगुरो कुमिन सेन्टरमा हुनेछ ।

उक्त तीज मेलामा नेपालका ख्याति प्राप्त कलाकार याम क्षेत्रि, सम्झना लामिछाने मगर र कृष्ण अखेलिले सांगितिक प्रस्तुति दिने समाजका अध्यक्ष सेवक पिसिले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरका साथै विदेशमा रेहेका बलेवाली तथा सम्पुर्ण नेपाली मित्रता र आपसी सद्भावका वृद्धि गर्ने उद्धेश्य सहित तिजको अवसर परि तिज मेला सञ्चालन गर्न लागिएको अध्यक्ष पिसिले बताउनुभयो ।

टोकियोको मेगुरो कुमिन सेन्टरमा आगामी आईतबार साँझ ५ बजे देखि मेला सञ्चालन हुने समाजले जनाएको छ ।

समाजले विभिन्न समयमा शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

Loading...