यी हुन् सित्तैंमा रातो पासपोर्ट पाउने भिआइपीहरु (नामसहित)

काठमाडौं ।

सांसदले निजी काममा विदेश जाँदासमेत कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने गरी कानुन बनाउन चलखेल थालेका छन् ।

यसका लागि उनीहरूले राहदानीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक आफूअनुकूल फेर्न संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संघीय संसदका सांसदले सरकारी काममा विदेश जाँदा मात्रै रातो पासपोर्ट प्रयोग गर्न पाउने प्रावधान छ । सांसदले निजी प्रयोजनले विदेश जाँदासमेत रातो पासपोर्ट प्रयोग गर्न पाउने गरी संशोधन प्रस्ताव हालेका छन् । 

सांसदहरूले राहदानीसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा परिचयपत्र पेस गरेको आधारमा रातो पासपोर्ट पाउनुपर्ने र व्यक्तिगत काममा विदेश जाँदा पनि त्यसलाई प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन् । केही सांसदले भने संघीय सांसदलाई रातो पासपोर्ट र प्रयोग सम्बन्धमा छुट्टै कार्यविधि बनाउनुपर्ने व्यवस्था राख्न संशोधन हालेका छन् ।

यी हुन् सित्तैंमा रातो पासपोर्ट पाउनेहरू
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, पूर्वराष्ट्रप्रमुख, उपप्रधानमन्त्री, मन्त्रीले सित्तैमा रातो पासपोर्ट पाउँछन् । 

संसदमा विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति तथा सरकार प्रमुख, संसदका उपसभामुख, राज्यमन्त्री, राष्ट्रिय योजना आयोग उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, सहायक मन्त्री, संघीय र प्रदेश संसदका सदस्य, न्याय परिषद् सदस्य, प्रधान सेनापति, राष्ट्रिय योजना आयोगका सदस्यले पनि रातो पासपोर्ट पाउँछन् । कान्तिपुर दैनिकमा खबर छ ।

Loading...