व्यापक विरोधपछि प्रचण्ड शताब्दी पदक फिर्ता गर्न बाध्य

काठमाडौं, ५ साउन । साउन ३ गते मंगलबार एउटा समाचार निकै चर्चामा रह्याे । नेकपा (माओवादी केन्द्र)का प्रचण्डलार्इ एउटा संस्थाले अहिलेसम्मकै ठूलाे सम्मानकाे घाेषणा गर्याे । दुर्इ पटक प्रधानमन्त्री भइसकेका माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकै खुसी हुँदै उक्त कार्यक्रममा सहभागी पनि भए । शताब्दी पदकबाट अाफूलार्इ सम्मान गरिने भएपछि उनी खुसी नहुने कुरा नै थिएन । तर, उनकाे त्याे खुसी धेरै समय टिकेन । 

उनले लिने सम्मानबारे यति ठूलाे विराेध भयाे कि जुन विराेधले अाज बिहीबार प्रचण्डले साे पदक फिर्ता नै गर्नुपर्याे । जसले पनि पुरस्कार घाेषणा गर्ने र जसकाे जस्ताे पुरस्कार पनि लिन तयार हुने प्रचण्डकाे निर्णयप्रति सबैभन्दा बढी माअाेवादी केेन्द्रभित्रै विराेध भयाे । खासगरी सांस्कृतिककर्मी र बुद्धिजीवीहरुले यस कुराकाे खुलेर विराेध गरे । 

कुरा त्रिमूर्ति निकेतनले प्रचण्डलार्इ दिएकाे ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’काे हाे । साे संस्थाकाे याे निर्णय र घाेषणा प्रचण्डले सुरुमा सर्लक्कै स्वीकार गरेका थिए । याे पदक प्रचण्डकाे पूर्व स्वीकृति लिएर नै साे संस्थाले घाेषणा गरेकाे जनाएकाे छ । तर, त्यति हुँदासम्म पनि प्रचण्डले अाफूलार्इ कस्ताे संस्थाले पदक र यति ठूलाे सम्मान गर्दैछ भन्नेतिर अलिकति पनि ख्याल गरेनन् ।

धेरैले विराेध गरेपछि मात्र प्रचण्डले अाफूलार्इ पदक दिन थालेकाे संस्थाकाे विगतकाे भूमिका बारे थाहा पाए । साथै अहिले अाफूलार्इ दिन थालेकाे पदक र सम्मानका पछि लुकेका कुरा पनि उनले चाल पाए । फलस्वरुप उनले स्वीकार गरिसकेकाे पदक र सम्मान फिर्ता गर्ने घाेषणा गरेका छन् । 

प्रचण्डले अाफ्नाे निजी सचिवालयलार्इ बिहीबार एक प्रेस नोट जारी गर्न लगाउँदै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने घोषणा गरेका हुन । त्यति हुँदा हुँदै उनले अाफूलार्इ सम्मान र पदकका लागि छनोट गरिएकोमा साे संस्थालाई धन्यवाद भने दिएका छन् । 

यस्ताे छ प्रचण्डको सचिवालयद्वारा जारी प्रेस नोट

त्रिमूर्ति निकेतनले पूर्वप्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’द्वारा सम्मानित गर्ने समाचार यसअघि नै सार्वजनिक भइसकेको थियो । तर, यसबारे पर्याप्त जानकारी लिएर मात्रै आवश्यक निर्णयमा पुग्नुपर्ने भएकाले सम्मान र पदक लिने वा नलिनेबारे अध्यक्ष क. प्रचण्ड र अध्यक्षको सचिवालयले आधिकारिक धारणा सार्वजनिक गरेको थिएन ।

बुधबार अध्यक्षको सचिवालयलाई जानकारी नै नदिई पार्टीका केही नेताहरुको पहलमा त्रिमूर्ति निकेतनका पदाधिकारीहरुद्वारा अध्यक्ष क. प्रचण्डलाई भेटी भदौ ३ गते आयोजित सम्मान कार्यक्रममा निमन्त्रणा गरिएको र विभिन्न मीडिया र सामाजिक सञ्जालमा अध्यक्षले सम्मान र पदक ग्रहण गर्ने समाचार प्रकाशित भएकोबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

पदक, सम्मान वा कुनै पनि पुरस्कार लिने वा नलिने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा हो । तर, त्रिमूर्ति निकेतनको इतिहास, इतिहासका विभिन्न कालखण्डमा खेलेको राजनीतिक र वर्गीय पक्षधरता एवं सम्मान र पदकसम्बन्धि प्रगतिवादी चिन्तक एवं स्रष्टाहरुले देखाउनु भएको चासो एवं सकारात्मक सुझावलाई ध्यान दिँदै अध्यक्ष क. प्रचण्डले सम्मान र पदकका लागि आफूलाई छनोट गरिएकोमा निकेतनलाई हार्दिक धन्यवाद दिँदै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने निर्णय गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि सूचित गरिन्छ ।

यस सन्दर्भमा प्राविधिक त्रुटीलाई लिएर नेपालको परिवर्तनको आन्दोलन, सामाजिक सांस्कृतिक रुपान्तरणमा अध्यक्ष क. प्रचण्डले खेल्नुभएको युगान्तकारी एवं ऐतिहासिक नेतृत्व र भूमिकालाई कमजोर नपार्न र अध्यक्षको प्रगतिवादी चिन्तन र व्यवहारको निष्ठाप्रति आशङ्का नगर्न आग्रह गर्दै बेलैमा सकारात्मक र रचनात्मक सुझाव प्रदान गर्नुभएकोमा सम्पूर्ण प्रगतिवादी चिन्तक एवं स्रष्टाहरुमा हार्दिक धन्यवाद समेत व्यक्त गर्दछौं, धन्यवाद ।

५ श्रावण, २०७४

Loading...