प्रकाण्डलाई थप ३ दिन हिरासतमा राख्न म्याद थप

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बुधबार जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।

स्काभेटर जलाएको आरोपमा काठमाडौँमा पक्राउ गरी गत शुक्रबार नुवाकोट ल्याइएको प्रवक्ता विश्वकर्मालाई आज तेस्रोपटक अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो । अदालतले गत शुक्रबार तीन दिन र गत आइतबार तीन दिन म्याद थप गरेको थियो । प्रहरीले हरेक पटक एक साताको म्याद थप गर्न माग गरे पनि नुवाकोट अदालतले भने तीन÷तीन दिन मात्र म्याद थप गर्दै आएको छ ।

गत साउन ७ गते राति बेलकोटगढी नगरपालिका–९ नलगाउँमा सडक निर्माण गर्दै गरेको ठेकेदारको दुई थान स्काभेटर जलाएको आरोपमा विश्वकर्मालाई मुद्दा चलाइएको छ ।

२०७५ भदौ १३ मा प्रकाशित ।

Loading...