काठमाडौं ओर्लिए म्यानमारका राष्ट्रपति , विमानस्थलबाट सिधै सोल्टी होटल लगियो

काठमाडौं ।

म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौँ उत्रिएका छन् । उनी सवार विशेष विमान दिउँसो २ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

उनी काठमाडौँ उत्रनु आधा घण्टा अघि नै महानगरीय ट्राफिक प्रहरी महाशाखाले गौशालादेखि, त्रिभुवन विमानस्थल, तीनकुने र नयाँ वानेश्वर हुँदै कलंकीसम्म सवारीलाई दुईतर्फी अवरुद्ध गरेको थियो ।

विमानस्थलबाट उत्रिए लगत्तै उनलाई सीधै कालिमाटीस्थित होटल सोल्टी लगिएको छ। त्यसक्रममा दुवैतर्फको सडक ठप्प पारिएको हो ।

विमस्टेकको चौथो सम्मेलनमा भाग लिन आउने उनी पहिलो विशेष पाहुना हुन । उनको स्वागतमा परराष्ट्र मन्त्रालयका पदाधिकारी विमानस्थल पुगेका थिए ।

सम्मेलन भदौ १४ र १५ गते हुँदैछ । यसैबीच भीभीआईपीहरु नेपाल आउने क्रम सुरु भएसँगै राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।४ वटै सुरक्षा निकायले शंकास्पद स्थानहरुमा आफ्नो गस्ती र पट्रोलिङ बढाएका छन् ।

सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरुले भिभिआईपी मुभमेन्ट हुने स्थानहरुका पुल, आकाशेपुल र कल्भर्टहरुको सुरक्षा गर्ने शसस्त्र प्रहरी बलका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

सम्मेलन अवधिभर करिब ४ हजार शसस्त्र प्रहरी बालका सुरक्षा अधिकारीहरु परिचालिन हुनेछन् । यस्तै नेपाल प्रहरी पनि १२ हजार बढी परिचालन हुनेछन् ।

सशस्त्र प्रहरीले सोमबार देखि नै पुल तथा कल्भर्टहरुमा कभर लिइसकेका छन् । आकाशे पुल र अग्ला घरहरुबाट समेत शसस्त्र प्रहरीले सुरक्षा निगरानी गर्ने बताइएको छ ।

२०७५ भदौ १२ मा प्रकाशित ।

Loading...