डडेल्धुरामा जिप दुर्घटना: ५ जना घाइते, ३ जनाको अवस्था गम्भीर

डडेल्धुरा ।

सरमुकाम नजिकैको आइतबजारमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

देबलदिव्यपुरबाट सदरमुकामतर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराकाा प्रहरी नायब उपरीक्षक डम्बर बहादर केसीले जानकारी दिए ।

जिपमा चालक सहित १५ जना रहेको प्रहरीले जनाएको छ । जिप दुर्घटनाको कारण भने खुल्न सकेको छैन । जिप सडकबाट तल ४० मिटर खसेको प्रहरीको अनुमान रहेको छ ।

जिपमा चालक सहित १५ जना रहेको प्रहरीले जनाएको छ ।

उद्धारको लागि घटनास्थलमा प्रहरी पुगिसकेको र घाइतेलाई उपचारको लागि उप–क्षेत्रीय अस्पताल ल्याइंदै गरेकाे प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए ।

२०७५ भदौ १२ मा प्रकाशित ।

Loading...