सी जिनपिङको बीआरआर्इ परियोजनाको पाँचौ वर्षगाँठ मनाइयो

काठमाडाैं । संसारलार्इ जाेड्ने र अाफ्नाे पहुँच विस्तार गर्ने दीर्घकालीन याेजनासहित चीनले अघि बढाएकाे चर्चित परियाेजना बेल्ट एण्ड राेड इनिसियटिभकाे पाँच वर्ष पुगेकाे छ । बीअारअार्इ चिनका शक्तिशाली राष्ट्रपति सी जिनपिङकाे महत्वाकांक्षी याेजना हाे ।

राष्ट्रपति सी जिनपिङले अघि सारेको साे बीआरआई परियोजना अहिले पाँचाै वर्षमा पुगेकाे छ। सन् २०१३ मा राष्ट्रपतिको पद सम्हालेपछि उनले कजाखस्तान र इण्डोनेसिया भ्रमणका क्रममा पहिलाे पटक ‘सिल्क रोड आर्थिक पेटी’ र ‘२१औं शताब्दी समुद्री सिल्करोड’ सम्बन्धी धारणा सुनाएका थिए । चिनमा अहिले पनि याे परियाेजनालार्इ ‘यी ताइ यी लु’ अर्थात् एक पेटी एक मार्ग भनिन्छ । तर अन्तराष्ट्रिय स्तरमा भने यसलार्इ बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) भन्ने गरिएकाे छ ।

चीनले सन् २०१७ मा बेइजिङमा पहिलो पटक एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलन आयोजना गर्दा नेपाल पनि यस अभियानमा सहभागी भएको हो। चीनले तिब्बतको सिगात्सेसम्म ल्याएको रेलमार्ग केरुङ हुँदै काठमाडौं विस्तार गर्ने तयारी छ, जसलाई चीनले बीआरआईको परियोजना अन्र्तगत राखेको छ।

विगत ५ वर्षमा विश्वका १०३ वटा मुलुक वा अन्तर्राष्ट्रिय संगठनले चीनसँग बेल्ट एण्ड रोड सम्बन्धि ११८ वटा सहयोग सम्झौता हस्ताक्षर गरेका छन्।

२७ तारिख बेइजिङमा पत्रकार सम्मेलन गरेर बीआरआई कार्यटोलीका उपप्रमुख निङ् चीचले हालसम्मका केही मुख्य उपलब्धीबारे समीक्षा गर्दै भने, ‘चीन–पाकिस्तान आर्थिक करिडोर, चीन–लाओस रेलमार्ग, चीन–थाइल्याण्ड रेलमार्ग, हङ्गेरी–सर्विया रेलमार्ग, जाकार्ता–भियन्टाइन हाइस्पीड रेलमार्गको केही भाग निर्माण तथा संचालनमा लगायत चीन–यूरोप रेलको संख्या १० हजार पुगेको छ। साथै गत जुनसम्म चीन र बीआरआई सम्बन्धित मुलुकहरूबीचको व्यापार रकम ५० खर्ब अमेरिकी डलर पुगेको छ। चीनले विदेशमा पठाएको प्रत्यक्ष लगानी ७० खर्ब अमेरिकी डलर पुगेको छ।’

चीनले अघि सारेको बीआरआई हाल दुनियाँको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय परियोजना हो। आपसी सम्पर्क, बाँडफाँड, संयुक्त निर्माण र विन–विनको अवधारणा लागू गर्दै चीनले यस योजनालाई झन् झन् लोकप्रिय बनाउँदै लगेको छ। विभिन्न मुलुकबीचको राजनीतिक विश्वास तथा सम्पर्क प्रवर्द्धन गर्ने अठोट गर्दै चीनले मानवजातिको साझा भाग्य समुदायको निर्माणलाई मुख्य नारा बनाएको छ।

बीआरआईको पाँचौं वार्षिकोत्सवको उपलक्ष्यमा २७ तारिख सोमबार बेइजिङमा ‘बेल्ट एण्ड रोड’ निर्माण कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो। गोष्ठीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति सी चिनफिङले बेल्ट एण्ड रोडको संयुक्त निर्माण नै विश्व संचालन प्रणालीको सुधारको भित्री मागअनुकूल भएको बताए।

साझा भाग्य समुदायको निर्माणमा जोड दिँदै सीले बेल्ट एण्ड रोडबाट विश्व संचालन प्रणालीको सुधारको लागि नयाँ विचार तथा योजना प्रस्तुत गरिएको उल्लेख गरे। चीनले बेल्ट एण्ड रोड इनिसियटिभलाई चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा पनि समावेश गरेको छ।

किन यत्रो विश्वमत चिनियाँ बेल्ट एण्ड रोड प्रस्तावमा एकाकार हुन खोजिरहेको छ त? यसका उत्तर अनेक कोणबाट दिन सकिन्छ। एउटा त यो अभियान विकासका सबैखाले समस्या हल गर्ने एकमात्र आमचाबी हो। दोश्रो कुरा यस अभियानले निर्माणको नीतिगत सम्पर्क स्थापित गर्दछ। तेश्रो संरचनाहरूबीच आपसी सम्पर्क स्थापित गर्दछ। चौथो व्यापारिक सहयोगका कारण यसको अस्तित्व जीवन्त छ। पाँचौं यसले पूँजी सहयोग उपलब्ध गराउँछ। छैठौं जनस्तरमा यसले मनहरू जोडेर समाज समृद्धिका ढोकाहरू खोल्दछ।

चीन र बीआरआईमा जोडिएका ८० भन्दा बढी मुलुकले व्यापारिक क्षेत्रहरूको विकास गरेर लाखौं संख्यामा रोजगारीहरूको सिर्जना गरेका छन्। यसले के सिद्ध गरेको छ भने बीआरआईले विभिन्न मुलुकको समृद्धि र विकासको खोजीमा बल दिएको छ।

चीनले व्यापक विचार विमर्श गरेको छ जसका कारण विश्वका कुनै पनि गठबन्धनमा नरहेका वा एक्लिएका पिछडिएका जस्ता लाग्ने देशहरूले पनि एउटा मञ्चमा उभिने अवसर पाएका छन्। त्यसका अलावा यस अभियानको अर्को महत्वपूर्ण लक्ष्य साझा सहयोग र सहभागिता पनि हो। जसबाट सबैले अवसर पाउँछन्। सानोठूलो भनेर भेदभावमा पिल्सिनुपर्दैन। यही सूत्रको जगमा उभिएर समानता र खुलापनको आयाम बढाएको छ र व्यापक उदारीकरणतर्फ उन्मुख हुँदै गएको छ।

यो अभियान चीनको मात्रै होइन, चिनियाँ राष्ट्रपति सी चिनफिङको मात्रै होइन बरू सारा संसारको साझा अभियानको प्रस्थान विन्दु बन्न लागिरहेको छ।

चीनले खुलापन र सहयोगको भावनालाई अघि बढाइरहेको छ। यो यस्तो अवस्थामा अघि बढाइएको विचारधारा हो जतिखेर विश्वव्यापीकरण विरोधी विचारधारा, एकतर्फीवाद र संरक्षणवादको पृष्ठभूमिले कसिकसाउ जालो हाल्न खोजिरहेछ। त्यसैले पनि यसको महत्व गहिरिँदै गएको छ।

बीआरआईले हासिल गरेका सक्रिय प्रगति तथा गहिरो प्रभाव यति प्रभावशाली हुँदै गएको छ कि अन्तर्राष्ट्रिय समुदाय पनि यसमा निस्क्रिय बस्न सक्दैन।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भनेका छन्, ‘आर्थिक विकासको प्रक्रियामा कोही पनि नछुटून् भनेर आश्वस्त पार्न बीआरआई पहल निकै सफल भएको छ।’

चीन र विश्व मिलेर बीआरआईमार्फत् अवश्य नै विकासको दिशा पहिल्याउन सके भविष्य उज्जल छ। विकास मार्फत् नै शान्ति पनि छाउनेछ। बीआरआईको उद्देश्य देशहरूबीच आर्थिक विकासको साझेदारी निर्माण गर्नु र साझा भाग्य समुदायको संयुक्त रूपमा निर्माण गर्नु भन्ने हो। त्यसका लागि मैत्रीपूर्ण राजनीतिक विश्वास, समावेशी अर्थतन्त्र तथा साँस्कृतिक समावेशी भन्ने भावना निहित छन्।

बीआरआईमा धेरै देशहरू संलग्न भएर कार्यारम्भ गरिरहेका बेला केही देशहरूले भने चीनप्रति आशंका गरेका छन् र सहभागिताका लागि अनेक प्रश्न उठाइरहेका छन्। एशिया, यूरोप, अफ्रिका, ल्याटिन अमेरिका, क्यारपिन क्षेत्र, दक्षिण प्रशान्त क्षेत्र यसमा समेटिएका छन्।

‘बीआरआईप्रति विश्व समर्थनबारे राष्ट्रतपति सी भन्छन्, ‘अधिकांश विकासोन्मुख मुलुकहरूले शान्ति तथा विकास प्रवर्द्धन गर्ने चिनियाँ चाहनामा आफ्नो दृढ इच्छाशक्ति प्रकट गरेकाले यो सहभागितामा वृद्धि भएको हो।’

Loading...