पाँचथरमा निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्

पाँचथर । 

पाँचथरमा निर्माणाधीन हाइड्रोपावरले सरकारलाई कर नतिरेको पाइएको छ । जिएन.कन्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरको कर ती हाइड्रोपावरले नतिरेको पाइएको हो ।

२०७४ असोज १ मा जिसस र कन्ट्रक्सनको सहमतिअनुसार जिससले लगाएको ढुंगा, बालुवा, गिटी प्रयोग गरेबापतको रकम नतिरेको कन्ट्रक्सनका प्रोपाइटर शंकर थापाले बताए । सम्झौता हुनुपूर्व पनि हाइ«ोपावरले जिससलाई दिनुपर्ने बक्यौता दिनुपर्ने भए पनि त्यो पनि नदिएको उनले बताए ।

जिल्लामा निर्माणाधीन माउन्टेन हाइड्रो पावर कम्पनी, हेवा हाइड्रोपावर ए, काबेली हाइड्रोपावर बि, रैराङ हाइड्रो पावरले अहिलेसम्म बालुवा, गिटी र ढुंगाको स्थानीय कर बुझाएका छैनन् ।

आगामी तीन दिनभित्रमा कर नबुझाएमा सम्पूर्ण काममा बाधा अवरोध गर्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् । उता रैराङ हाइड्रो पावरका प्रवन्ध निर्देशक कुवेरमणी नेपालले भने कर नतिर्न खोजेको नभई त्यसको संयन्त्रमार्फत् तिर्ने प्रतिक्रिया जनाए ।

२०७५ भदौ १२ मा प्रकाशित ।

Loading...