क्रिस्टियानो रोनाल्डोलार्इ गुमाउनु रियल म्याड्रिडका लागि ठूलो घाटा, के होला अब रियलको हालत

काठमाडाैं । रियल मड्रिडका स्टार ब्राजिलियन डिफेन्डर मार्सेलोले क्रिस्टियानो रोनाल्डोलाई गुमाउनु रियल मड्रिडको लागि ठूलो घाटा भएको बताएका छन्।

विश्व उत्कृष्ट फुटबलर रोनाल्डोको अनुपस्थितीले मड्रिडमा अभाव महशुश भएको मार्सेलोको भनाइ रहेको छ। यद्यपीे रोनाल्डो गएपछि मड्रिडमा बेल र बेन्जेमाले उनको स्थानमा रहेर राम्रो खेलिरहेको मार्सेलोले बताए।

आइतबार राति गिरोनाविरुद्धको खेलमा ४–१ को जित निकालेपछि मार्सेलोले भने, ‘ रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी हुन भन्नेमा कुनै शंका छैन।

उनको अभाव महशुश गरिनु स्वभाविक छ। तर बेल र बेन्जेमाले धरै राम्रो खेलिरहेका छन्।’ रोनाल्डो र मार्सेलोबीचको मित्रताको यसअघि खुबै चर्चा हुने गर्दथ्यो। मार्सेलोले भने, ‘हामी रोनाल्डोले मड्रिडलाई दिएको देन भुल्न सक्दैनौं। प्रत्येक जित र उपाधिमा रोनाल्डोको गोल निर्णायक बनेको थियो।’

रोनाल्डोविना मार्सेलोले यसअघि एक्लो महशुश गरेको बताएका थिए। पाँच पटकका बालुन डि ओर विजेता रोनाल्डो यसै सिजनको सुरुवातमा मड्रिडबाट १ सय १२ मिलियन युरोमा इटालियन क्लव युभेन्ट्स अनुबन्ध भएका छन्। ९ वर्ष मड्रिडमा बसेर ४ सय ५० गोल सहित सर्वाधिक गोलकर्ता रहेका रोनाल्डो गोल मसिनका रुपमा परिचित छन्।

Loading...