भारतीय सेना र ‘रअ’का सुराकी काठमाडौंमा छ्यापछ्याप्ती, सरकार मूकदर्शक

काठमाडौं ।

बिमस्टेक सम्मेलनको बहानामा भारतले आफ्ना सुरक्षा निकायलाई छ्यापछ्याप्ती काठमाडौंमा पठाएको भन्दै चौतर्फी आलोचना भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका नाममा त्यहाँको सेनादेखि गुप्तचर निकायले एकहप्ता अगाडिदेखि नै काठमाडौंमा अड्डा जनाएको भन्दै आलोचना भएको हो ।

सामाजिक सञ्जाल फेसबुक ट्वीटरमा समेत भारतीय सेना काठमाडौंमा एकहप्ता अगाडिदेखि निगरानीमा रहेको भन्दै व्यापक आलोचना भइरहेको छ । कूटनीतिक मर्यादाक्रमलाई मिचेर भारतीय सुरक्षानिकाय काठमाडौंमा छ्यापाछ्याप्ती भेटिदा पनि सरकार भने मूकदर्शक छ

नेपाली सेनाले बिमस्टेक सम्मेलनको सुरक्षा दिने सरकारले निर्णय गरिसकेको छ । सेनाको कमाण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानले सुरक्षा दिनेछ ।

तर, नेपालका सुरक्षा निकायलाई अविश्वास गरेर भारतले आफ्ना सैनिकका साथै गुप्तचर संस्था ‘रअ’लाई काठमाडौंमा एकहप्ता अगाडिदेखि क्रियाशील बनाएकोमा आलोचना भएको हो ।

Loading...