नवलपरासी समाज जापानले टोकियोमा तीज धमाका गर्दै

हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रम सेप्टेम्बर ५ तारिख टोकियोको नाकानो स्थित ‘नाकानो जिरो’हलमा आयोजना गरिएको छ ।

उक्त तीज कार्यक्रममा नेपालका राष्ट्रिय स्तरका ख्यातिप्राप्त लोक तथा दोहोरी गायक प्रकाश सपूत, गायिका मुना थापा,चर्चित नृत्यकार पार्वती राई र जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेका कलाकारहरू गायक सुशील ज्ञवाली,गायक चेतन घर्ती ,गायक अमित सापकोटा लगायतको प्रस्तुति रहने नवलपरासी समाजले जनाएको छ ।

कार्यक्रममा सहभागी भई कार्यक्रम सफल पार्न सबै जापानबासी नेपालीलाई समाजले हार्दिक अनुरोध पनि गरेको छ ।कार्यक्रमका संयोजक गोपाल कंडेल र सह-संयोजक अमर केसीले कार्यक्रमको नेपाली माझ प्रचार प्रसार तिब्र पारिएको बताएका छन ।कलाकारको भिषा प्रकृया लगायतको अन्य ब्यवस्थापन पनि पुरा भएको संयोजक गोपाल कंडेलले जानकारी दिनुभयो ।

नवलपरासी समाजले गतबर्ष पनि तीज कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गरेको थियो ।

Loading...