महोत्तरीमा घरबाटै ८ महिने शिशु चोरियो, परिवारमा रुवाबासी

काठमाडौं ।

महोत्तरीमा आफ्नै घरबाट एकजना शिशु चोरी भएको छ ।  जिल्लाको औरही नगरपालिकाबाट–१ बस्ने सन्तोष चौधरीकी ८ महिनाकी छोरी सोनाली कुमारी अाइतबार घरबाटै चाेरिएकी हुन् ।

एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका छन् ।

इलाका प्रहरी कार्यालय, गौशालाका सई प्रदीप भगतले बालिका लिएर अज्ञात व्यक्ति फरार भएको पुष्टि गर्दै खबर पाएलगत्तै खोजी कार्य थालेको जानकारी दिए ।

केही शंकास्पदहरुलाई पहिचान गरेर घटनाको छानविन भइरहेको उनको भनाइ छ । बालिका अपहरणपछि परिवारमा रुवाबासी चलेको छ ।

२०७५ भदौ ११ मा प्रकाशित । तस्वीर: गुगलबाट

Loading...