नेकपाका नेता-कार्यकर्ता पक्राउबारे बोल्यो बार, घोषणा पत्रमै सरकारको ध्यानाकर्षण

काठमाडौँ । 

नेपाल बार एसोसिएसनले नेपाल कम्युनिष्ट पार्टीका नेता-कार्यकर्तालाई सरकारले पक्राउ गर्ने झुट्टा मुद्दा लगाउने र हिरासतमा राख्ने गरेको प्रति आपत्ति जनाएको छ । 

सरकारले नेकपाका नेता-कार्यकर्तामाथि धरपकड गर्दा न्यूनतम मानवीयताको समेत ख्याल नगरेको बार एसोसिएसनले आरोप लगाएको छ। यस्तै बारले सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएका बन्दीहरुलाई समेत प्रहरीले सर्वोच्चको गेटबाटै पुनः पक्राउ गरेको प्रति समेत आपति जानेको छ ।

बारले नेकपाका प्रबक्ता प्रकाण्डलाई सर्बोच्च अदालतले २ पटक रिहा गर्न आदेश दिएपछि प्रहरीले सर्वोच्चको गेटबाटै पुनः पक्राउ गरेको बिषयलाई इंगित गर्दै उक्त कुरा आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

 बाराको घोषणापत्रमा भनिएको छ -“संबिधानले सुनिश्चित गरेको स्वतन्त्रताको अधिकारको विपरीत व्यक्तिलाई गैर कानुनीरुपमा थुनामा राख्ने, त्यस्तो थुनालाई सर्बोच्च अदालतले बन्दि प्रत्यक्षीकरणको आदेश मार्फत थुना मुक्त गर्न दिएको आदेश पश्चात पनि बन्दीलाई अदालतकै परिसरबाट पुनः हिरासतमा लिने झुट्टा मुद्दा सिर्जना गरी पुनः गैरकानुनी थुनामा राख्ने गरी राज्यको तर्फबाट भइरहेको काम कारबाहीप्रति यो परिसद बैठकको गम्भीर ध्यानाकर्षण भएको छ ।” 

यस्तै घोषणापत्रमा भनिएको अगाडी भनिएको छ – “अदालतको आदेश समेत नमान्ने प्रवृतिले लोकतन्त्रको खिल्ली उडाएको छ भने स्वयं संबैधानिक ब्यबस्था र स्वताब्त्र न्यायलयको गरिमाम समेत ठेस पुग्न गएको छ । अदालतको आदेश र संबैधानिक व्यबस्थाको सम्मान गर्न यो परिसद बैठक नेपाल सरकारसंग जोडदार माग गर्दा छ ।”

Loading...