यसरी गरियो नेपाल फेस्टिवलको उद्घाटन

आज देखि टोकियोको कोमाजावा पार्कमा नेपाल फेस्टिवल शुरु भएको छ ।फेस्टिवलको औपचारिक उद्घाटन बेलुन उडाएर गरिएको थियो ।

एनआरएनए जापान र नेपाली राजदूतावास जापानको संयुक्त आयोजनामा भएको नेपाल फेस्टिवलको उद्घाटन जापानका लागि नेपाली राजदूत प्रतिभा राणा ,नेपालका लागि जापानी पूर्व राजदूत मासासी ओगावा ,गैर आवासिय नेपाली संघका प्रवक्ता भूषण घिमिरे ,यूवा संयोजक सुदन थापा ,एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामा लगायतले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा राजदूत प्रतिभा राणाले नेपालको सुन्दरता प्रचार प्रसारका लागि नेपाल फेस्टिवल उचित अवसर भएको बताइन ।राजदूत राणाले नेपाल जापान सम्बन्ध लामो भएको उल्लेख गर्दै यस्ता खाल्का फेस्टिवलहरुले थप सम्बन्ध प्रगाढ हुने विश्वाश ब्यक्त गरिन ।

जापानको नेपाललाई भईरहेको सहयोगको प्रशंसा गर्दै राजदूत राणाले २०१५ को भुकम्पमा पनि जापान सरकारको सहयोगका लागि नेपाल सरकारका तर्फ बाट धन्यबाद ब्यक्त गर्नुभयो ।राणाले भनिन,’जापानको सहयोगको नेपाल सधै प्रसंशा गर्दछ ।’

जापानमा रहेका झन्डै ८० हजार नेपालीले नेपालको सुन्दरताको बयान जापानीलाई गर्न सके नेपालको पर्यटन बिकासमा टेवा पुग्ने धारणा पनि राणाले राख्नुभयो ।

नेपालको पर्यटन बिकासका लागि गरिने सबै कार्यक्रमहरुमा दूतावासको सहकार्य रहने उल्लेख गर्दै दूतावास पनि नेपालको हितका कार्यक्रमहरुमा लागिपरेको राणाले बताउनुभयो ।

नेपालका लागि जापानी पूर्व राजदूत मासासी ओगावाले नेपाल जापान सम्बन्ध धेरै पुरानो भएको स्मरण गराउदै जापानमा गरिने नेपालीका यस्ता कार्यक्रमहरुले अझ सम्बन्ध राम्रो हुँदै जाने बताउनुभयो ।

गैरआवासिय नेपाली संघका प्रवक्ता भूषण घिमिरेले पर्यटन
प्रवर्धन मुलुक समृद्धीको प्रभावकारी बिकल्प भएको धारणा राख्दै जापानीहरुलाई नेपालप्रति आकर्षित गर्न नेपाल फेस्टिवल महत्वपूर्ण भएको बताउनुभयो ।

फेस्टिवलका संयोजक तथा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारी र एनआरएनएका अध्यक्ष टासी वाङ्दी लामाले फेस्टिवलमा सहयोग गर्ने सबैमा धन्यवाद ब्यक्त गर्नुभयो ।

फेस्टिवलमा बिभिन्न नेपाली कला संस्कृतिको प्रदर्शन जारी छ ।नेपाल बुझेका जापानी मार्फत नेपाल सम्बन्धि कार्यक्रम पनि भईरहेको छ । फेस्टिवलमा जापानीहरुको पनि उल्लेख्य सहभागिता रहेको छ ।फेस्टिवल भोली सम्म चल्ने छ ।

Loading...