काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको यात्रुबस धादिङमा दुर्घटना

धादिङ, ५ साउन । काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् ।

बेनिघाट रोराङ गाउँपालिका–५ स्थित विशालटारमा सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा परी दुवै जनाको घटनास्थलमै ज्यान गएको थियो । काठमाडौंबाट काँकडभिट्टाका लागी छुटेको ना. ६ ख २२९३ बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा बस चालक झापा शिवसतासी गाउँपालिका–६ का कमल ढुंगाना र सोही स्थानका सह–चालक नवराज सिवाकोटी रहेका छन् ।

दुर्घटनामा परी घाईते भएकाहरुको स्थानीय मलेखु अस्पतालमा सामान्य उपचारपछि काठमाडौं लगिएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Loading...