जापानमा अाँधीको प्रभाव जारी

जापानमा बिहीवार देखिको आँधीको प्रभाव शुक्रबार सम्म पनि जारी छ ।जापान मौसम बिभागका अनुसार आधी शुक्रबार अबेर सम्म रहनेछ ।

नम्बर २० ‘सिमारोन’नामको यो आधीका कारण पश्चिमी जापानमा भारी बर्षा भईरहेको जापानी संचार माध्यम एनएचकेले जनाएको छ । टोकियो सहित मध्य तथा पश्चिम जापानका विभिन्न स्थान विहिवार दिउँसोदेखिनै चिसो हावाको प्रवाह भैरहकेको थियो । जापान मौषम एजेन्सिका अधिकारीहरुले कुनै पनि बेला पहिरो जान सक्ने खतरा देखिएको बताएका छ्न ।

यो आँधिले राजधानी टोकियो सहित साप्पोरो, सेन्दाई, ओसाका, फुकुओका सहितका धेरै स्थानहरुमा असर पार्ने बताइएको छ ।

तीब्रगतिको हावाहुरी सहित मुसलधारे बर्षा सुरु हुने भन्दै अधिकारीहरुले यसको असर शुक्रबार मध्यरातसम्म जारी रहने बताएका छन् । अधिकारीहरुले सिकोकु, किन्की तथा तोकाई क्षेत्रमा शुक्रबारसम्म १ हजार मिलिमिटरसम्म बर्षा हुनसक्ने अनुमान गरेका छन् ।

यो आँधिका कारण धेरै स्थानहरुमा यातायात सेवा प्रभावित बनेको छ भने ३सय भन्दा बढि आन्तरिक हवाई उडानहरु रद्द गरिएका छन् । ओशाका र हिरोसिमा विचका सिन्कानसेन रेलहरुपनि रद्द गरिएको समाचार छ । शुक्रबार अबेरसम्म प्रभाव रहने ताइफुसंग जोजिन अधिकारीहरुले साईकल र सडक यात्रामा सावधानी अपनाउन सुझाव दिएका छन् । समुद्री किनारहरुमा नजान तथा सो क्षेत्रमा बसोबास गर्नेहरु विशेष सचेत रहन उनीहरुले आग्रह समेत गरेका छन् ।

Loading...