प्रकाण्ड तेस्रोपटक गिरफ्तार, सर्वोच्च गेटबाट समातेर सिधै नुवाकाेट लगियाे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) तेस्रोपटक गिरफ्तार परेका छन् । सर्वोच्च अदालतको आदेशले बिहीबार रिहा भएसँगै उनी पुनः तेस्रो पटक गिरफ्तार परेका हुन् । प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट गिरफ्तार गरेको हो ।

साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई प्रहरीले लगाएकाे जवरजस्त चन्दा उठाएकाे आरोप पुष्टि नभएपछि गत भदौ १ गते पनि सर्वोच्चले छाड्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशमा छुटेका प्रकाण्डलाई सर्वोच्च अदालत परिसरबाट दोस्रोपटक गिरफ्तार गरेको थियो ।

प्रकाण्डलाई न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सर्वोच्चको रजिष्ट्रारको रोहबरमा बिहीबार अर्थात आज छाड्न आदेश दिएको थियो । सर्वोच्चको आदेशले छुट्नासाथ प्रकाण्डालाई पुनः तेस्रोपटक गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिए । पुन गिरफ्तार गरिएका प्रकाण्डलार्इ नुवाकाेट लगिएकाे छ । उनीमाथि नुवाकाेटमा एनसेल टावरमा अागजनी गरेकाे झुटाे मुद्दा लगाइएकाे छ । यसअघि उनलार्इ भाेजपुर लग्ने प्रहरीले जनाएकाे थियाे । तर, उनलार्इ भाेजपुर लग्ने भन्दै बीचबाटाेबाटै नुवाकाेट लगिएकाे थियाे ।  

यसअघि आजमात्रै पनि नेकपाका केन्द्रीय सदस्य अशललाई समेत प्रहरीले गिरफ्तार गरेर बेपत्ता पारेको छ । बिहिबार उनलाई थानकोटबाट गिरफ्तार गरेको छ ।

Loading...