६७ रनले श्रीलंकालार्इ पराजित गर्दै नेपाल विजयी

काठमाडाैं,, ६ भदौ । श्रीलङ्कामा एशिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली बुधबार पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ । श्रीलङ्का आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.४ ओभरमा पूरै विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले ८९ रनको उत्कृष्ट पारी खेलेका थिए । उनले ११८ बल खेल्दै पाँच चौका र चार छक्काको मद्दतले ८९ रन जोडेका थिए । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले २१, सुवास खकुरेल १०, रोहितकुमार पौडेलले १२, विनोद भण्डारीले १६, ललित भण्डारीले ११ र वसन्त रेग्मीले १६ रन बनाए ।

१९५ विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको श्रीलङ्का आर्मी स्पोर्ट्सले ३६।१ ओभरमा १२७ रन बताउँदा सबै विकेट गुमायो । श्रीलङ्का आर्मी स्पोर्ट्सलाई १२७ रनमै सीमित गर्न सोमपाल कामी र वसन्त रेग्मीले समान तीन÷तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई, ललित भण्डारी, ललितनारायण राजवंशीले एक÷एक विकेट लिएका थिए ।

दोस्रो अभ्यास खेल शुक्रबार ब्लुमफिल्ड क्लबसँग तथा अन्तिम अभ्यास खेल श्रीलङ्काको कोल्ट्ससँग आगामी आइतबार खेल्नेछ । यही भदौ ११ गते नेपाली टोली श्रीलङ्काबाट मलेशिया प्रस्थान गर्ने टोली व्यवस्थापक रकम शिवाकोटीले जानकारी दिए ।

कबड्डीमा पहिलो जित

जाकार्तामा जारी १८औँ एशियन गेम्सअन्तर्गत पुरुष कबड्डीमा नेपालले आज पहिलो जीत हात पारेको छ । समूह ‘बी’को लिगमा नेपालले मलेशियालाई २९–१७ ले पराजित गर्दै पहिलो जीत हात पारेको हो । आजै भएको अघिल्लो खेलमा नेपाल इरानसँग भने ७१–२१ ले पराजित भयो ।

यसअघि नेपालले मङ्गलबार इण्डोनेशिया र जापानसँग हारिसकेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

बास्केटबलमा पराजित

महिला थ्री अन थ्री बास्केटबलमा चाइनिज ताइपेईले नेपाललाई १९–८ ले पराजित ग¥यो । नेपालका भावना लामा र अनुषा मल्लले समान ३–३ अङ्क जोडे । एलिना गुरुङ र श्रेया खड्काले १–१ अङ्क बटुले ।

नेपाली महिला टोलीले अब शुक्रबार जापान र मङ्गोलियाको सामना गर्नेछ । त्यसअघि बिहीबार नेपाली पुरुष टोलीले सिरिया र जोर्डनविरुद्ध खेल्ने राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ ।

लनटेनिसमा पराजित

लनटेनिसमा नेपालको चुनौती समाप्त भएको छ । महिला डबल्समा आज नेपालका मायांका राणा र माहिका राणाको पराजयसँगै नेपालको चुनौती समाप्त भएको हो । पालेम्वाङमा जापानका मोयुका उचिजिमा र इरिका हायासीको जोडीले मायांका र माहिकाको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे ।

Loading...