सीपीएलमा सन्दीप लामिछानेको स्पिन जादु कायमै

काठमाडौं । 

क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली युवा बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन जारी राख्दै बुधबार थप दुई विकेट लिएका छन् ।

उनले सेन्ट लुसिया स्टार्सविरुद्धको खेलमा दुई ओभर बलिङ गर्दै १३ रन खर्चिएर दुई विकेट लिएका हुन् । सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सका लागि खेलेका सन्दीपले हालसम्म चारवटा म्याचमै आफ्नो प्रभाव देखाउन सफल भएका हुन् । उनले चार खेलमा कुल ७ विकेट लिइसकेका छन् ।

बुधबार बिहान सम्पन्न खेलमा पहिले ब्याटिङ गर्दै सेन्ट लुसियाले १२ ओभर तीन बलमा आफ्ना सबै विकेट गुमाउँदै ६९ रनमात्र बनाउन सक्यो ।

७० रनको विजयी लक्ष्य पाएको पेट्रियट्सले ७ ओभर चार बलमा उक्त लक्ष्य पुरा गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो ।

Loading...