यी हुन बलात्कारपछि निर्मलाको विभत्स हत्या गर्ने दिलिप, दिए यस्तो बयान

काठमाडौं ।

प्रहरीले कंचनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ । हत्या भएको २६ दिनपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका भीमदत्त नगरपालिका-१९ बस्ने दिलिपसिंह विष्ट ‘मानसिक सन्तुलन गुमाएका’ व्यक्ति रहेको र भिनाजुको हत्यामा ९ वर्ष जेल बसेर जेठ ०७४ मा छुटेको प्रहरीको भनाइ छ ।

बिष्टले गाँजा र मादक पदार्थ सेवन गर्ने गरेको, परिवारकै महिला सदस्यलाई पटक-पटक यौन दुव्र्यवहारको प्रयास गरेको, बाटोमा महिलालाई देख्दा अश्लील हर्कत गर्ने गरेको, जिल्ला कारागारमा आएर माग्ने गरेको र घरमा बाहिरै सुत्ने गरेको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।

आफू एक पटक जेल बसेर आएको र फेरि सबैलाई मारेर जेल जान्छु भन्ने गरेका कारण परिवारमा समेत कुनबेला के घटना घटाउने हो भन्ने त्रास समेत रहेको अवस्थामा निर्मलाको हत्या हुन पुगेको प्रहरीले जनाएको छ ।

निर्मलाको १० साउनमा बलात्कारपछि हत्या भएको थियो । गृहकार्य गर्न साथी रोशनीको घरमा गएकी उनी र्फकने क्रममा बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानले जनाएको छ ।

बाटामा निर्मलाको साइकलको चेन बिगि्रएकाले आफूले बनाइदिएको र त्यसक्रममा एक्लै देखेपछि बलात्कार गरी हत्या गरेको बयान बिष्टले प्रहरीलाई दिएका छन् ।

सोधपुछका क्रममा बिष्टले अभियोग स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । तर, निर्मलाका परिवार र आफन्तले भने प्रहरीको दाबीमाथि आशंका गरेका छन् ।

निर्मलाका हत्यारामाथि कुनै कारवाही नभएको भन्दै भन्दै प्रहरीमाथि चर्को दबाव आएपछि करिब १ महिनापछि प्रहरीले विष्टलाई सार्वजनिक गरेको हो ।

तर विष्टलाई सार्वजनिक गरेसँगै पिडित पक्ष सदरमुकाम महेन्द्रनगरमा प्रदर्शनमा उत्रिएका छन् । मानसिक सन्तुलन गुमाएका व्यक्तिले दिएको बयानलाई आधार मानेर वास्तविक अपराधीलाई उन्मुक्ति दिन खोजेको भन्दै पिडित परिवारले आपत्ति जनाएका छन् ।

Loading...