ओली-प्रचण्डका मेयरले बढाएको कर काँग्रेसबाट निर्वाचित वडा अध्यक्षले उल्टाए

काठमाडौं ।

जनताको ढाड सक्नेगरी केपी-प्रचण्डको ठाडो निर्देशनमा अत्यधिकरुपमा बढाइएको करको जताततै विरोध भैरहेको बेला धरानमा जनप्रतिनिधिहरुले विद्रोह गरेका छन्।

धरान उपमहानगरपालिकाले ऐन, कानुन र जनहीत विपरित चर्को कर वृद्धी गरेको भन्दै काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले विद्रोह गरेका हुन्।

विद्रोह गरेका उनीहरुले आफहरुको सम्वन्धित वडामा पञ्जिकरण सम्बन्धि सेवाहरु निःशुल्क गराएका छन्।धरान उपमहानगरपालिकाको नेपाली काँग्रेसले जीतेका वडाहरु १, २, ५, १४ र १८ वडाका अध्यक्षहरुले जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता लगायतका पञ्जिकरण सम्बन्धि सेवाहरु निःशुल्क गराउने जानकारी गराएका हुन्।

नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरु रोशन अधिकारी, माधव गोविन्द श्रेष्ठ, सन्तोष लिम्वु, कृष्ण भट्टराई र प्रविन राईले संयुक्त हस्ताक्षर गरि वडावासीहरुलाई उक्त जानकारी गराएका हुन्।

धरान उपमहानगरपालिकाले ऐन, कानुन र जनहीत विपरित चर्को कर वृद्धी गरेको भन्दै काँग्रेस वडा अध्यक्षहरुले उपरोक्त सेवाहरुलाई निःशुल्क गराएका हुन्।

नेपाली काँग्रेसका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले वडाध्यक्षहरुले जनताको पक्षमा साहसका साथ ऐतिहासिक कार्य गरेको भन्दै पाँचै जना वडा अध्यक्षहरुलाई हार्दिक धन्यवाद तथा वडावासी जनतालाई हार्दिक बधाई दिएका छन् ।

तामाङले हरेक शिर्षकमा जथाभावी अव्यवहारिक र अवैज्ञानिक ढंगले वृद्धी गरेको कर फिर्ता नलिए नेपाली काँग्रेसले सशक्त विरोध गर्ने समेत बताए ।

Loading...