श्रीमती फकाउन छोराको अपहरण !

कैलाली । 

कैलालीबाट अपहरणमा परेका ५ वर्षीय बालकको ९ घण्टापछि सकुशल उद्दार गरिएको छ । सोमबार विहान ९ बजे कैलारी गाउँपालिका-६ बेलौनी गाउँ बस्ने पाँच वर्षीय बालक छेमाङ चौधरीको अपहरण भएको थियो ।

अपहरणकारीले खेमाङकी आमा बिना चौधरीलाई फोन गर्दै भोली विहान काठमाडौँ बसपार्कमा भेट्न आउनु भन्दै मार्ने धम्की दिएका थिए । कैलारी गाउँपालिका-६ का अध्यक्षबाट बालकको अपहरणबारे जानकारी पाएपछि प्रहरीले अपहरणकारीलाई झण्डै ९ घण्टापछि दाङको भालुवाङबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गोदावरी नगरपालिका, लालपुर बस्ने ३० वर्षीय वृजु चौधरी पक्राउ परेका हुन् । अपहरणकारीको फोनको लोकेशनको आधारणमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । अन्नपूर्ण पोष्टमा खबर छ ।

दिउँसो २ बजे अपहरणकारीको फोनको लोकेशन हेर्दा बाँकेको शमशेरगञ्जमा देखिएपछि प्रहरीले पुर्व-पश्चिम राजमार्गमा खोजतलास बढाएको थियो । उनले छोडेर गएकी श्रीमती पाउनका लागि छोराको अपहरण गरेका प्रहरीले जनाएको छ ।

आफूसँग दुई महिना बसेर पुरानै घरमा फर्किएकी श्रीमतीलाई पाउन युवकले पुरानो घरमा रहेको छोरा अपहरण गरेका थिए । प्रहरी उपरीक्षक बिनोद घिमिरे दिएको जानकारी अनुसार सोमबार बिहान ९ बजे अपरम्पार आधारभूत विद्यालय एक कक्षामा अध्ययनरत बालकलाई स्कुलबाटै अपरहण गरिएको हो । छेमाङकी आमा बिना चौधरी बृजेशकी पूर्वपत्नी हुन् । उनी दुई महिना बृजेशसँग बसेर पुरानै घर फर्किएकी थिइन् ।

Loading...