नेपाल एकायन कराते संघ नुवाकोट जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न

भाद्र ४ , नुवाकोट / नेपाल एकायन कराते संघ नुवाकोट जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा सनिबार सम्पन्न भएको छ । बिदुर नगरपालिका वडा नं. २ को साङेछछोयोइलिङ गुम्बा स्थित गुम्बाको वैठक कक्षमा सम्पन्न भएको उक्त साधारण सभा जिल्ला समितिका अध्यक्ष श्री महेन्द्र कुमर श्रेष्ठ ज्यूको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त अवसरमा नुवाकोट जिल्ला खेलकूद विकास समितिका अध्यक्ष श्री बुद्धि प्रधान ज्यू ले प्रमुख आतिथ्यता ग्रहण गर्नु भएको थियो । विशेष अतिथि नेपाल एकायन कराते संघका केन्द्रीय अध्यक्ष श्री श्रीकृष्ण डंगोल ज्यूको रोहवरमा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट नेपाल एकायन कराते संघ नुवाकोट जिल्ला समितिको नयाँ कार्य समितिको चयन पनि गरिएको थियो । जस अनुसार नयाँ कार्यकालका लागि अध्यक्षमा श्री होम बहादुर तामाङ , उपाध्यक्ष श्री नरेश तामाङ, उपाध्यक्ष राजु राई, सचिव श्री सन्तोष राई , कोषाध्यक्ष श्री भरत धौलकोटि तथा सदस्यहरुमा महेन्द्र कुमार श्रेष्ठ , मछिन्द्र थापा , राम कुमार गिरि , अन्जु पाण्डे , रमेश दाहाल , प्रकाश डंगोल , दीप चन्द्र राई तथा कृष्ण बहादुर राई निर्वाचित हुनु भएको छ ।

Loading...