प्राचिन दक्षिण कोलियग्राम येंगा हिटी ढुंगेधारा संरक्षणमा पहल रहन्छ-उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ


भाद्र ४ ,काठमाडौँ / लिक्ष्वीकालिन १४ सय बर्ष पुरानो येंगा हिटी ढुंगेधारा पुनर जीवित भएको छ । काठमाडौँ महानगर पालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको पहलमा तथा save nepal vally ,नेपाली सेना , स्थानीय क्लव अन्य सामाजिक सस्था संगको प्रयासले सफलता पाएको छ । लोप हुने अवस्थामा रहेको काठमाडौँ महानगर पालिका वडा न २१ अवस्थित येंगलमा रहेको यो ढुंगेधारा सोमबार सरसफाई गरि संरक्षेण प्रारम्भ भएको हो ।

उपत्यका ब्यबस्थित सहरको परिकल्पना गरि म्हैपीलाई खड्ग शिर र हालको येंगाल टोललाइ बिड्को रुपमा मानि नगर रक्षार्थ आठ अष्टमात्रिका विराजमान गरी गुनकमदेवले काठमाडौँ नगर बसाउदा एउटा खाल्डो खनी बिधिपुर्वक उत्घाटन गरेको किम्बदन्ती रहिआएको छ ।
एतिहासिक सम्पदालाइ संरक्षण गर्ने दाइत्वो महानगर पालिकाको रहेको कारण एसकालागिको चाहिने ब्येबस्थापनमा पूर्ण सहयोग रहने प्रतिवद्द रहेको उप्मेयेर खड्गीले बताईंन् ।
घरको निजी कम्पाउन्डभित्र पारि अतिक्रमण गरिएको एस ढुंगे धारा लामो समय पश्चात २०६४ सालमा उत्खनन गरि खुल्ला गरिएको थियो । संरक्षणको अभावमा पुरुदै गएको ढुंगे धारा पुनः सफाई गरि संरक्षण थालिएको save nepal vally ,nepal का संयोजक सुरज महर्जनको भनाइ रहेको छ ।

उपत्येकामा गौतमबुद्धका सन्तति कोलिय बंश – शाक्य ,बज्रचारचार्यको उद्गम स्थल भएकै कारण प्रशासनिक केन्द्रको रुपमा यसस्थानलाई प्राचिन नाम दक्षिण कोलियग्राम रहेको शिलालेखमा उल्लेख छ । बौद्ध,शैब ,हिन्दु संयोजन तिर्थ स्थलका रुपमा निर्मित विभिन्न मुर्तिहरुमा ६७१ बर्ष अगाडी नेपाल संवत् ४६७ मा मुस्लिम सुल्तान समसुद्दिनको आक्रमणमा केहि मुर्तिमा क्षेती समेत भएको अवस्थामा रहेको छ। नरेन्द्र देवको राज्य कालमा हालको बुढानिलकण्ठ बिष्णुको मुर्ति यसै स्थानमा रहेको बिषय उल्ले गरिएका दुइवटा सिलालेख्मा स्पस्ट देखिनाले धार्मिक पर्येतन स्थलको पर्येतकको रुपमा सम्रक्षण हुनुपर्नेमा दुइमत रहन सक्दैन ।

Loading...