अनुगमनमा गएको सरकारी टोली कालिमाटीका ब्यापारीको कब्जामा, छुटाउन प्रहरी परिचालन

काठमाडौं ।

काठमाडौंको कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यापारीले कब्जामा लिएर कोठाभित्र थुनेका छन्। सोमबार विहान बजार अनुगमन गर्न गएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई ब्यापारीले थुनेका हुन्।

व्यापारीले अनुगमनमा गएको टोलीलाई भित्र राखेर गेटमा धर्ना दिइरहेका छन्। सरकारी टोलीलाई छुटाउन अहिले कालीमाटीमा प्रहरी परिचालन गरिएको छ। आपुर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले अनुगमनमा अबरोध गर्ने ब्यापारीलाई कारवाही गरिनेब बताए।

काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट बिल र कागजातमाग्दा नपाएपछि दुबै गाडीलाई नियन्त्रणमा लिएको केन्द्रीय अनुगमन समितिका सदस्य माधव तिमिल्सिनाले बताए।

सरकारी टोलीले तरकारीको गाडी नियन्त्रणमा लिएपछि व्यापारीले विरोध जनाएका हुन्। बाराबाट आएको गाडीसहित चालक प्रहरी नियन्त्रणमा छन्। तर ललितपुरबाट आएको गाडीका चालक फरार भएका प्रहरीले जनाएको छ।

विभागको टोली सोमबार बिहान ३ बजे अनुगमनका लागि कालीमाटी पुगको थियो । सोक्रममा उसले अन्य पसल तथा सवारीहरुको पनि अनुगमन गरेको थियो ।

तस्वीर: गुगलबाट ।

Loading...