ओली-प्रचण्ड सरकारले फेरी गर्‍यो जनता रुवाउने निणर्य, पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं ।

केपी-प्रचण्ड सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । सरकारको ठाडो निर्देशनमा नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो । पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टतिेलको मूल्य २/२ रुपैयााले बढ्दा ९५ रुपैयाँ पुगेको छ ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । भारतीय आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्यसूची पठाएको थियो ।

यो पटक मूल्य नबढाउँदा निगमलाई महिनामै ६० करोड घाटा हुने अवस्था थियो । निगमलाई यो मूल्य समायोजनपछि पनि महिनामा १४ करोड ४२ लाख घाटा हुने निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा ६५ पैसा नाफा छ भने डिजेल र मट्टीतेलतमा ७० पैसा घाटा छ । यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ । मुल्य नबढाइए पनि ग्यासमा प्रतिसिलिन्डर २८० रुपैयाँ घाटा रहेको जनाएको छ।

Loading...